भारतको उत्तराखण्डमा पहिरोमा परी चारजना नेपाली मजदुरको मृत्यु भएको छ । रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा गएको पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बिज्ञापन
भारी वर्षा भइरहेको समयमा बिहीवार राति करिब साढे १ बजे पहिरो खसेको थियो । सोही पहिरोमा मजदुर पुरिएको सूचना पाएपछि भारतीय प्रहरी उद्धारका लागि पुगेको थियो । त्यहाँ चार नेपालीको शव भेटिएको नवभारत टाइम्सले जनाएको छ ।
बिज्ञापन
मृत्यु हुनेहरूको सनाखत भइसकेको छ । चारमध्ये तीनजना चितवनका रहेको पाइएको छ । यस्तै एकजना दैलेखका रहेका छन् । मृत्यु हुनेमा चितवनका तुलबहादुर, पूर्ण नेपाली र कृष्ण परियार तथा दैलेखका चिकु बुढा रहेको समाचारहरूमा जनाइएको छ ।








