होमपेज > ‘लाज शरणम्’ फिल्ममा कक्रोचको डेब्यु

‘लाज शरणम्’ फिल्ममा कक्रोचको डेब्यु

बिज्ञापन
बिज्ञापन

टेलिभिजन श्रृंखला ‘सक्किगो नि’को टिम यतिबेला कथानक फिल्म ‘लाज शरणम्’ छायांकनको तयारीमा जुटेको छ । निर्माता हप्तैपिच्छे आबद्ध कलाकारको घोषणा गरिरहेका छन् ।

बिज्ञापन

कास्टिङ हेर्दा यसमा सिरियल र फिल्ममा नाम चलेका कलाकारको पल्टननै देखिन्छ । यो सूचीमा थपिएका छन् कक्रोच नामले प्रसिद्धि सिरियल कलाकार हरिश निरौला । निर्मातासँग उनको लिखित सहमति भएको छ । भदौ तेस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्ममा कक्रोचले दर्शकलाई मनोरञ्जन दिने निर्देशक कुमार कट्टेल ‘जिग्री ब्रो’ले बताए । कक्रोचले यो फिल्मबाट डेब्यु गर्न लागेका हुन् ।

बिज्ञापन

यसअघि सागर लम्साल ‘बले’, अर्जुन घिमिरे ‘पाँडे’, कमलमणि नेपाल ‘खुपीका बाउ’, मुकुन्द श्रेष्ठ, विजय बराल, माला लिम्बू, रामभजन कामत, बबिन राई ‘गल्फने बाजे’, प्रियना आचार्य ‘मुन्नी’, महेश त्रिपाठी र रेनुनाथ योगी अनुबन्धित छन् । फिल्ममा सीताराम कट्टेल धुर्मुस पनि जोडिने चर्चा छ । यो फिल्म यतिबेला पूर्वतयारीको काममा जुटेको छ । प्रदर्शन मिति आउँदो महाशिवरात्री अर्थात् फागुन १४ गतेलाई तय गरिएको छ । फिल्मलाई जेपीटी क्रिएसनले निर्माण गर्न लागेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते