होमपेज > आजदेखि सिनेमा हलमा ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

आजदेखि सिनेमा हलमा ‘नमेटिने घाउ’ र ‘सतीदेवी’

बिज्ञापन
बिज्ञापन

आजदेखि नेपाली सिनेमा हलहरूमा दुई विशेष चलचित्र ‘नमेटिने घाउ’ र ‘सतीदेवी’ एकै समय प्रदर्शनमा आएका छन । यी दुवै चलचित्रले समाजका गम्भीर मुद्दाहरूलाई देखाउन खोजेको छ ।

बिज्ञापन

‘नमेटिने घाउ’

बिज्ञापन

५८ दिनको निर्माण प्रक्रिया र ३ करोड रुपैयाँको बजेटमा तयार भएको यस फिल्मले एसिड आक्रमणको भयावहता र पीडितहरूले न्यायका लागि गरेको सङ्घर्षलाई मुख्य विषय बनाएको छ । चलचित्रमा विशेष आकर्षण भनेको यसमा देखिएका अतिथि भूमिकाहरू हुन । जसमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको उपस्थितिले फिल्मलाई थप चर्चा दिलाएको छ । ट्रेलरमा यी राजनीतिक हस्तीहरूले एसिड आक्रमणविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएको दृश्यले दर्शकको चासो बढाएको छ ।

चलचित्रले एसिड आक्रमणबाट पीडित व्यक्तिहरूको शारीरिक, मानसिक, र सामाजिक पीडा चित्रण गर्दै समाजमा चेतना फैलाउने उद्देश्य राखेको छ । यसले पीडितको न्यायको माग र एसिडको बिक्री वितरणमा रोक लगाउने मागलाई सशक्त रूपमा उठाएको छ । फिल्ममा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी लगायत १२५ जना कलाकारको अभिनय रहेको छ । यस्तै दुई सयभन्दा बढी प्रहरी अधिकारीहरूको अभिनयले चलचित्रलाई थप यथार्थपरक बनाएको छ । निर्देशक रमित ढुङ्गानाले समाजमा चेतना फैलाउनका लागि निर्माण गरिएको यो चलचित्रको दोस्रो र तेस्रो भागको पनि तयारीमा रहेको जानकारी दिनु भयो ।

बिज्ञापन

‘सतीदेवी’

लैङ्गिक असमानतासँग जुध्दै एक युवतीको सङ्घर्षलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो चलचित्र लक्ष्मण सुवेदीको निर्देशनमा बनेको हो । नेपाली ग्रामीण समाजको वास्तविकतालाई पर्दामा उतार्दै, पितृसत्तात्मक सोचसँग सङ्घर्ष गर्ने मुख्य पात्र सतीदेवी अधिकारीको कथा प्रस्तुत गरिएको छ ।

सतीदेवीको भुमिकामा नायिका मलिका महतले अभिनय गर्नु भएको छ । चलचित्रले लैङ्गिक असमानता, ग्रामीण समुदायमा महिलाले भोग्नुपर्ने समस्याहरू, र समाजको परम्परागत सोचको विरुद्ध लड्ने कथालाई प्रस्तुत गरेको छ । निर्देशक सुवेदीले वास्तविक जीवनका घटनाहरूलाई कथामा समावेश गरेर सामाजिक सुधारको पक्षमा आवाज उठाएको बताउनु भयो । चलचित्रमा रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, कुलदीप अधिकारी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते