होमपेज > भैँसीले मारेको बाघको पोस्टमार्टममा देखियो यस्तो…

भैँसीले मारेको बाघको पोस्टमार्टममा देखियो यस्तो…

बिज्ञापन
बिज्ञापन

मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरमा भैँसीले मारेको बाघको पोस्टमार्टम गरिएको छ ।

बिज्ञापन

चितवन राष्ट्रिय निकुञ्जबाट निस्केर प्रतापपुरका बलबहादुर राईको गोठमा पुगेर भैँसीको आक्रमणबाट मरेको बाघको पोस्टमार्टम गरिएको हो । बिहीबार बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो भने बाघको आक्रमणबाट भैँसी घाइते भएको पाइएको छ । घटनापछि चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टममा रिपोर्टका अनुसार भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पाइएको हो ।

बिज्ञापन

पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठले उक्त बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको जानकारी दिए । उक्त बाघ ८ वर्षजति उमेरको रहेको पाइएको छ । दुब्लाएर अत्यन्त अशक्त भएका कारण बस्ती छिरेको बाघ भैंसीको गोठमा पुगेको र भैंसीले आफ्नो रक्षाका क्रममा हान्दा बाघको संवेदनशील स्थानमा लागेर मृत्यु भएको हुनसक्ने उनले बताए । बाघको टाउकोमा र शरीरको पछिल्लो भागमा नयाँ घाउ देखिएको छ । टाउकोको चोटले बाघको ज्यान गएको हुनसक्ने डा। श्रेष्ठको भनाई छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते