विवाह गर्न अस्वीकार गरेपछि २६ वर्षीया युवतीले आफ्नो प्रेमीको गोप्य भाग (गुप्तांग) काटिदिएकी छन् । प्रेमीले विवाह गर्न अस्वीकार गरेपछि ती युवतीले चक्कु प्रयोग गरी गोप्य अंग काटिदिएकी हुन् । १६ अगस्टमा भएको घटना भारतको महाराष्ट्रको हो।
बिज्ञापन
घटनापछि प्रेमी रगतले लत्पतिएको अवस्थामा अस्पताल पुगेका थिए । उनको उपचार भइरहेको छ ।२६ वर्षीया आरोपी महिला पद्मा नगर क्षेत्रमा बस्छिन् । उनका प्रेमी ३१ वर्षका हुन् । प्रहरीलाई उद्धृत गर्दै यसअघि पनि विवाहलाई लिएर दुवैबीच विवाद भएको थियो । युवतीले प्रेमीलाई विवाह गर्न दबाब दिँदै आएकी थिइन् तर उनले अस्वीकार गर्दै आएका थिए ।
बिज्ञापन
पीडितको उजुरीका आधारमा प्रहरीले ती युवतीविरुद्ध मुद्दा दर्ता गरेको छ । वर्णन मिडियामा प्रकाशित समाचारका अनुसार








