बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
बिज्ञापन
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको बलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको मोटरसाइकल र मुर्गियाबाट बुटवल आउँदै गरेको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए। दुर्घटनामा परी मृत्यु हुनेम अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका- ११ देविनगर बस्दै आएकी २७ वर्षीया सुश्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
बिज्ञापन
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गियाबाट लु ८७ प ४५७३ नम्बरको स्कुटरमा बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका-१२ शान्तीचोकमा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर बलेरो जिपमा ठोक्किएको थियो।
तीव्र गतिमा रहेको मोटरसाइकलको ठक्करबाट सुष्मा लु १ च ६७८३ नम्बरको बलेरो जिपको मुनी पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राति साढे आठ बजेतिर ३ वटै सवारी साधन तीव्र गतिमा भए जस्तो देखिन्छन्। बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने मोटरसाइकल चालक ठक्कर दिए लगत्तै फरार रहेकोले उनको खोजी भइरहेको छ,’ प्रहरी निरिक्षक बानियांले भने। दुर्घटना स्थल वरपरका सिसीटिभी फुटेज हेरेर मोटरसाईकल चालकको खोजी भइरहेको बानियाले बताए।








