होमपेज > साल्ट ट्रेडिङको खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ

साल्ट ट्रेडिङको खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ

बिज्ञापन
बिज्ञापन

साल्ट ट्रेडिङको आम्दानी बढ्दा पनि नाफा घटेको छ ।

बिज्ञापन

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ३२ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो ।कम्पनीको बिक्री आम्दानी भने ५२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ७८ करोड रहेकोमा गत आर्थिक वर्ष १३ अर्ब ३५ करोड पुगेको छ ।

बिज्ञापन

आम्दानी बढ्दा पनि नाफा घट्नुमा खर्च बढ्नु मुख्य कारण देखिएको छ । बिक्री लागतसँगै कर्मचारीको बोनस, ब्याज खर्च बढ्नुले कम्पनीको नाफामा असर पारेको देखिन्छ । बिक्री लागत अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८२ करोड थियो भने गत आवमा १२ अर्ब २६ करोड पुग्यो । अघिल्लो आवमा नछुट्याइएको कर्मचारी बोनस गत आवमा ८४ लाख छुट्याइयो । अघिल्लो आवमा ४४ करोड ५० लाख रहेको ब्याज खर्च गत आर्थिक वर्षमा ५८ करोड पुगेको छ । समग्र बैंकिङ प्रणालीको ब्याजदर घट्दा यस कम्पनीले भने ब्याज खर्च बढेको देखाएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २८ रुपैयाँ २६ पैसा थियो । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ६.८९९ रुपैयाँ छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते