लन्डन फायर ब्रिगेड (एलएफबी) ले सोमरसेट हाउसमा आगलागी भएको सूचना पाएलगत्तै अग्नी नियन्त्रकको टोली पठाएको जनाएको छ । एलएफबीका अनुसार आगो निभाउन १५ बारुणयन्त्र परिचालन गरिएको छ ।
बिज्ञापन
आगलागीपछि खिचिएका दृष्यमा धुवाँको मुस्लो फैलिएको र कर्मचारी तथा आगन्तुकहरू बाहिर उभिरहेको देखिन्छ । लन्डन प्रहरीले घटनामा मानवीय क्षति भने नभएको जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण अझै थाहा हुन सकेको छैन । धुवाँ फैलिएसँगै लन्डन एम्बुलेन्स सेवाले मानिसहरूलाई उक्त क्षेत्रमा नजान तथा नजिकैको स्थानका व्यवसायलाई झ्याल ढोका बन्द राख्न भनेको छ । मध्य लन्डनमा रहेको सोमरसेट हाउस जर्जियाली युगका भवनहरू र स्क्वायरहरू ट्यूडरहरूको समयमा निर्माण गरिएको हो ।
बिज्ञापन
ट्यूडरहरूले इंग्ल्यान्डमा १४८५ देखि १६०३ सम्म शासन गरेका थिए । १६०४ इंग्ल्यान्ड र स्पेनबीचको युद्ध अन्त्य गर्ने ‘लन्डन सन्धि’ उक्त भवनभित्र गरिएको थियो । सोमरसेट हाउस पछिल्लो समय कला प्रदर्शनी तथा कार्यक्रम आयोजना स्थलका रूपमा प्रयोग हुँदै आएको थियो ।








