र्चित हास्य टेलिशृंखला ‘सक्किगोनि’का कलाकार पुरुषोत्तम आचार्य पक्राउ परेका छन् । ‘
बिज्ञापन
सक्किगोनि’ प्रहरीको इन्स्पेक्टरको भूमिका निर्वाह गर्ने उनी काठमाडौं महानगरपालिका–८, गौरीघाटबाट जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो । उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।








