खानेपानी महसुल वृद्धिविरुद्ध धरानका जनप्रतिनिधि, राजनीतिक दल, र स्थानीयवासीहरुले पुन: उपमहानगरपालिका घेराउ गरेका छन् । खानेपानी महसुलमा नौ हजार नौ सय प्रतिशतसम्म मूल्य वृद्धि गरेपछि आक्रोशित उपभोक्ताहरूले करिव १५ दिनदेखि महशुल घटाउन मागगरि आन्दोलनगर्दै आएको हो ।
बिज्ञापन

बिज्ञापन
गत बिहीबार उपमहानगरको गेट अगाडि आन्दोलन गरेपछि खानेपानी बोर्डको अध्यक्ष तथा नगर प्रमुख हर्कराज राईले आज वार्तामा आउन मौखिक रुपमा आग्रह गर्नुभएको थियो। नगर प्रमुख राईले १० दललाई मौखिक रुपमा वार्तामा बोलाएकोमा असहमति जनाउदै पुनः आज उपमहानगरपालिका घेराउ गरेको नेपाली काङ्ग्रेसको धरान अध्यक्ष श्याम पोख्रेलले बताउनुभयो । १० दलको माग भनेको वृद्धि भएको महशुल घटाउनुपर्ने माग रहेको उहाँले बताउनुभयो । आन्दोलनमा ‘जनता लुट्न बन्द गरु, ‘नौ हजार नौ सय प्रतिशत शुल्क वृद्धी खारेज गर’, ‘धराने जनतालाई गाली गर्न बन्द गर’, खानेपानीको मूल्य वृद्धि फिर्ता गर, छाडा बोल्न पाईदैनु, ‘जनतालाई ढाट्न पाईन्दैन,’ ‘सुरक्षाकर्मिलाई गाली गर्न पाईदैनु लगायतको नारा सहित सयौंको संख्यामा १० दल सहित नागरिकहरुले नाराबाजी गरेको थियो ।

बिज्ञापन
आन्दोलनकारीको मागलाई सम्बोधन गर्ने भन्दै नगर प्रमुख राईले पत्र लेखि आज २ बजे वार्तामा बोलाएपछि १० दलले तीन सुत्रीय मागसहित जाने भएको नेपाली काङ्ग्रेस धरानको अध्यक्ष पोख्रेलले बताउनुभयो । खानेपानी बोर्डको अध्यक्ष नगर प्रमुख राईले एकलौटी रुपमा मूल्य वृद्धि गरेको भन्दै धरानका जनप्रतिनिधि, राजनीतिक दलहरुले गत साउन ११ गतेदेखि मौन जुलुस निकाली वृद्धि भएको महशुलको बिल पुरानै दरमा कायम गर्न आन्दोलन सुरु गरेको थियो ।








