होमपेज > सिनामंगलस्थित होटल रोयल एयरपोर्ट सञ्चालनमा

सिनामंगलस्थित होटल रोयल एयरपोर्ट सञ्चालनमा

बिज्ञापन
बिज्ञापन

युवाहरुको समूह मिलेर पाँच करोडभन्दा बढीको लगानीमा काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोर्ट सञ्चालनमा आएको छ । शुक्रबार बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरीले होटलको उद्घाटन गरे ।

बिज्ञापन

बिज्ञापन

होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासकालागि पर्यटन उद्योग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए । “पर्यटन उद्योगको विकासमा व्यवसायीकालागि आवश्यक सहजीकरणकालागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईँहरु जस्ता युवाहरु जो यो उद्योगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरु मेरो थप सहयोग र सहकार्य रहने छ ।” मन्त्री ठकुरीले युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनकालागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

बिज्ञापन

कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समूह मिलेर पाँच करोड भन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ ओटा कोठासहितको यो होटलमा २०० जना भन्दा बढी क्षमताका हल, बैठक कक्षसहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याएको उनले बताए

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते