होमपेज > डेढ वर्षीया बालिकाको घाँटी चिरेर हत्या

डेढ वर्षीया बालिकाको घाँटी चिरेर हत्या

बिज्ञापन
बिज्ञापन

इटहरीमा डेढ वर्षीया बालिकाको हत्या भएको छ। शनिबार दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो।

बिज्ञापन

स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सालिग्राम लुइँटेलले बालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ।सालिग्रामले आफ्नै भतिजी डेढ वर्षीया आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गेको इटहरी प्रहरीले जनाएको छ। ‘आफ्नै भतिजीको हत्या गरेको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई ३ः४० बजेतिर मात्रै खबर आएको थियो। हामीले प्रारम्भिक अनुसन्धान गर्दा ती व्यक्ति मृतक बालिकाका आफ्नै काका रहेछन्।’ घटनास्थलबाट ब्लेडसहित सालिग्रामलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सालिग्राम केही वर्षअघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगीजस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिज्ञापन

‘उनी (सालिग्राम)दुई, तीन वर्षअघि घरको छतबाट हाम्फालेर ढाड पनि भाँचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अहिले डिप्रेसनको औषधि सेवन गरेको पनि खुलेको छ। भर्खरैको घटना भएका कारण थप अनुसन्धान गर्न पाएका छैनौँ।’ उनका अनुसार मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन्। यहाँ बुबाआमासहित, भाउजू र भतिजीसँग बस्दै आएका सालिग्रामको साथबाट प्रहरीले तत्काल ब्लेड बरामद गरेको थियो। ‘तत्कालको परिस्थिति हेर्दा ब्लेडले नै घाँटी र टाउकोमा काटेको देखिन्छ,’ ती प्रहरी भन्छन्, ‘घटनास्थलबाट पनि ब्लेड नै बरामद गरिएका कारण तत्काल ब्लेडकै कारण घटना भएको हो भन्न सकिन्छ। थप अनुसन्धान भने जारी छ।’

मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे थप अनुसन्धान सुरू गरिएको इटहरी प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते