होमपेज > वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य गर्ने सम्झौता

वृजहिमालयन स्प्रिङ र एनएमबी क्यापिटलबीच सहकार्य गर्ने सम्झौता

बिज्ञापन
बिज्ञापन

नेवृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका लागि सम्झौता भएको छ। वृजहिमालयन स्प्रिङ प्राइभेट पानी उद्योगको क्षेत्रमा प्रिमियम शुद्ध प्रशोधित तथा प्रिमियम मिनरल मिश्रित शुद्ध पिउने पानी उद्योग हो।

बिज्ञापन

नेपाली उद्यमशीलतामा नयाँ आयाम थप्ने उद्देश्यले स्थापित कम्पनी, लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबी क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रुपमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

बिज्ञापन

कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिइ व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाएको छ।

हाल यस कम्पनीले “पूर्ण” ब्राण्डमा १ लि., ५०० मि.लि., २५० मि।लि को बोत्तलमा मिनरल पानी तथा २० लि. को जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको कम्पनीले जनाएको छ। “एनएमबी क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौँ । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ। यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो ” वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले यस सहकार्यबारे आफ्नो धारणा राख्दै भने।

बिज्ञापन

एनएमबी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले भने, “वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबी क्यापिटलको लक्ष्य अनुसारनै कार्यगर्न अवसर पाएकोमा उत्साहित छौं। हामी वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौँ।”

केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ। मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तिय, बिमा, उत्पादनमूलक उद्योग (सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्कयोरेन्स लि., सिद्वार्थ क्यापिटल लिमा लगानी रहेको छ। त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी शेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते