होमपेज > सिटिजन्स बैंकले ग्राहकहरुमाझ सचेतना जगाउनकोलागी भिडियो सार्वजनिक गर्‍यो

सिटिजन्स बैंकले ग्राहकहरुमाझ सचेतना जगाउनकोलागी भिडियो सार्वजनिक गर्‍यो

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकिङ क्षेत्रमा बढ्दो ठगीको सम्बन्धमा सर्वसाधारण ग्राहकहरुमाझ सचेतना जगाउनकोलागी #sachetcitizenनै हो #safecitizenभन्ने अभिप्रायका साथ वित्तीय सचेतना भिडियो सार्वजनिक गरेको छ ।

बिज्ञापन

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले काठमाडौंमा आयोजित सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक लगायत विभागीय प्रमुखहरु एवं उच्च व्यवस्थापनको सहभागिता रहेको स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्सकाबीच सो भिडियो सार्वजनिक गरेका हुन् । बढ्दो डिजिटलाइजेसनसंगै पछिल्ला केही वर्षहरूमा बैंकिङ क्षेत्रमा ठगीको संख्या बढ्दै गएको छ । विभिन्न बाहानामा ग्राहकहरुसंग पासवर्ड, ओटीपी, खाताको विवरणहरु मागेर साथै ग्राहकहरुलाई चिठ्ठा तथा अन्य बहुमुल्य सामानहरु जित्नुभएको छ भन्दै प्रलोभनमा पारेर ठगी गर्ने गिरोहको सक्रियता बढि रहेको र यस सचेतना भिडियो बाट बढ्दै गरेका यस्ता गतिविधीहरुको न्युनिकरण हुने र ग्राहकहरुमा चेतना अभिवृद्धि हुने विश्वास बैंकले लिएको छ ।

बिज्ञापन

स्ट्रयाटेजिक ग्रोथ एण्ड अपरेसनल एक्सिलेन्स कन्फरेन्स नामक देशभरका सातै प्रदेशका प्रदेश प्रमुख, क्लस्टर हेड, १९७ शाखाका शाखा प्रबन्धकहरु, विभागीय प्रमुखहरु, तथा बैंकका उच्च व्यवस्थापनको समुह सम्मिलित भेलालाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकलाई बैंकिङ क्षेत्रको अग्रणी बैंक बनाउनका निम्ति सबै कर्मचारीहरुलाई उच्च मनोबलका साथ आफ्नो काममा शतप्रतिशत योगदान, नविनतम एवं नमुना सेवा सुविधा दिदैं अघि बढ्न आग्रह गरे । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए।टि।एम।, ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते