होमपेज > प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर वितरण

प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर वितरण

बिज्ञापन
बिज्ञापन

प्रभु इन्स्योरेन्स लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७९/८० को बोनस शेयर वितरण गरेको छ । कम्पनीले उक्त वर्षको मुनाफाबाट ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनकालागि शून्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गत वैशाख २० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।

बिज्ञापन

पारित गरेको तीन महिनापछि साउन २३ गते कम्पनीले बोनस शेयर वापतको शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको थियो । सूचीकृतपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा कम्पनीले बोनस शेयर जम्मा गर्न सुरु गरेको हो । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोल्ने सदस्यहरूलाई यथासिघ्र खोली आफ्नो बोनस शेयर प्राप्तगर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको साविकको चुक्तापूँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रूपैयाँको आधारमा ६ करोड ५३ लाख ६५ हजार ८०७ रूपैयाँ बराबरको बोनस शेयर वितरण गरेको हो ।

बिज्ञापन

साधारण सभा प्रयोजनका लागि कम्पनीले वैशाख ७ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजका आधारमा वैशाख ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गर्नेछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते