होमपेज > सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको: अर्थमन्त्री पौडेल

सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको: अर्थमन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपाल, रत्न तथा आभुषण महासंघ र रत्न तथा आभुषण महासंघ हरु सँग भेटवार्ता गर्दै अर्थमन्त्री पौडेलले भारतमा भन्सार दर घटेको र त्यसले नेपालमा पारेको प्रभावलाई तत्काल सम्बोधन गर्न सम्वद्ध निकायसँग आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने प्रतिवद्धता जनाए ।

बिज्ञापन

मन्त्री पौडलसँगको भेटका क्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतमा हालै सार्वजनिक भएको बजेटमार्फत सुनचाँदीको भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा यस्तो दर २० प्रतिशत कायम रहेकोले ब्यापार असन्तुलन भएको बताए । सरकारले तत्काल भन्सार दर घटाएर सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने उनले माग गरे ।

बिज्ञापन

रसाइलीले बैंकले निश्चित समयमा मात्रै सुनको आयात गर्ने तर विद्यमान ब्यवस्था अनुसार भन्सार दर भने दिनदिनै परिवर्तन भइरहने भएकाले कारोबारमा समस्या पर्दा प्रत्येक १५ दिनका लागि फ्ल्याटमा भन्सार दर कायम गर्नुपर्ने र प्रत्येक १५/१५ दिनमा भन्सार प्रयोजनका लागि भन्सार दर पुनरावलोकन गर्नुपर्ने सुझाव दिए । हाल विद्यमान सिफारिस विधिलाई ब्यवस्थित गर्दै दैनिक ५० किलो सुनको आयात गर्ने व्यवस्था मिलाई त्यसमध्ये ३० किलो बैंकमार्फत व्यवसायीका लागि र २० किलो उत्पादक(उद्योग)का लागि छुट्टयाउनु पर्ने सुझाव दिए ।

रसाइलीले सुनको आयातमा कोटा प्रणाली कायमै रहेको खण्डमा दैनिक कोटाको आधारमा १ वर्षको ३६५ दिन कायम गरेर बजारको माग र आपूर्ति सन्तुलन हुनेगरी सिजन र अफ सिजन अनुसार मिलाएर वार्षिक रुपमा तोकिएको कोटाको सिलिङ भित्र रहेर आयात गर्ने व्यवस्था सरकारले मिलाउनु पर्ने माग गरे । त्यसक्रममा तीनैवटा महासंघको तर्फवाट सुनचाँदीको क्षेत्रमा तत्काल सम्वोधन गर्नुपर्ने बिषय समावेश गरिएको मागपत्र मन्त्री पौडेललाई हस्तान्तरण गरिएको थियो ।

बिज्ञापन

त्यसमा सुनचाँदीसँग सम्बन्धित सम्पूर्ण कार्य सम्पादनका निमित्त वाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित एकद्वार प्रणााली बनाइनु पर्ने, बैंकमार्फत सुन वितरण गर्दा झन्झिटिलो भएकाले केही सीमित बैंकलाई मात्रै सुन वितरणको जिम्मेवारी दिनुपर्ने माग उनीहरुको छ । यस्तै कच्चा सुन आयातमा २० प्रतिशत भन्सार लाग्ने तर तयारी गहना आयातमा भने कच्चा सुन आयातमा भन्दा बढी भन्सार लाग्नु पर्नेमा जम्मा ९.५ प्रतिशत मात्रै भन्सार लाग्ने ब्यवस्थाले स्वदेशी कालिगढ, श्रम र शीप खेर जाने अवस्था आउँदा उक्त ब्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायतका माग छन् ।

झिटी–गुण्टा अन्तर्गत पैठारी हुने सुनको सीमा बढाइनु पर्ने, झिटी–गुण्टा अन्तर्गत भित्रिने सुनको खरीद बीलमा प्रवेश विन्दुमा भंसार कार्यालयले छाप लगाउने र सोही निस्साको आधारमा पैठारी कर्ताबाट गहना व्यवसायीले फाइन गोल्ड खरीद गर्न सक्ने प्रावधान हुनु पर्ने, सुनचाँदीको कारोबार सम्बन्धि प्रष्ट निर्देशिका बनाइनु पर्ने व्यवसायीको माग छ ।

नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किशान सुनार, निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ, नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, नेपाल सुनचाँदी ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेशरत्न शाक्य, महासचिव किरणभाई बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, रत्न आभुषण महासंघका प्रथम उपाध्यक्ष द्धारिका शंकर, महासचिव निरवहादुर विक, काठमाडौं सुनचाँदी ब्यवसायी संघकी अध्यक्ष रोहिना शाक्य लगायतका ब्यवसायीहरुको टोलीले अर्थमन्त्री पौडेलसँग भेटवार्ता गरेका थिए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते