अतीतको एक घटनाकै कारण सञ्जय दत्तले फिल्म ‘सन अफ सरदार २’ गुमाउनुपरेको छ । कहिलेकाहीं विगतले पनि मान्छेलाई नराम्रोसँग पछ्याउँछ । यो कुरा बलिउड अभिनेता सञ्जय दत्तलाई राम्रोसँग थाहा छ ।
बिज्ञापन
दत्त बाहिरिएपछि अभिनेता रवि किशन फिल्ममा अनुबन्धित भएका छन् । मिड-डेका अनुसार गत महिना बेलायतले अभिनेता दत्तको प्रवेशाज्ञा (भिसा) अस्वीकार गरिदिएपछि फिल्मको कास्टिङमा परिवर्तन गर्नुपरेको हो ।
बिज्ञापन
यो कारण उनी बेलायत उड्न नसक्ने भएपछि निर्माताले सन् २०१२ को दोस्रो सिक्वेलको कास्ट बदलेका हुन् । फिल्ममा सञ्जयले खलनायकको चरित्र निर्वाह गर्ने तयारीमा थिए । फिल्मको शीर्ष भूमिकामा अजय देवगण र मृणाल ठाकुर तय छन् ।
विगतमा सञ्जयको कारावास सजायको कारण स्कटल्याण्डमा छायांकन हुने भनिएको फिल्मका लागि आवश्यक भिसा दिन बेलायतले अस्वीकार गरेको समाचारमा उल्लेख छ । स्रोतका अनुसार यसअघि पनि कैयौंपटक दत्तको बेलायतको भिसा अस्वीकृत भएको जनाइएको छ ।








