सुरक्षित यौन सम्पर्कका लागि प्रायः कण्डमको प्रयोग गरिन्छ। जुन राम्रो बानी हो। यसले यौन सञ्चारित रोगहरूका साथै एचआईभी जस्ता अन्य यौन सञ्चारित रोगको जोखिम पनि कम गर्छ।
बिज्ञापन
त्यस्तै विभिन्न प्रकारको लुब्रिकेन्ट यौन सम्पर्कको बेला हुने जलन कम गर्न प्रयोग गरिन्छ। तर यिनीहरूको प्रयोगले विभिन्न समस्या पनि निम्तन सक्छ। कण्डम र लुब्रिकेन्ट प्रयोग गर्ने व्यक्ति क्यान्सर र बाँझोपनबाट ग्रस्त हुनसक्छन्।
बिज्ञापन
१-कण्डम र लुब्रिकेन्टमा हानिकारक रसायन:
पर्यावरण संरक्षण एजेन्सीद्वारा एउटा अध्ययन गरिएको थियो, जसले धेरै राम्रा र प्रसिद्ध ब्रान्डका कन्डम र लुब्रिकेन्टहरूले हानिकारक रसायन प्रयोग गरेको उल्लेख गरेको छ। अध्ययनअनुसार तिनीहरूलाई बनाउनमा ‘पीएफएस’ १५ हजार सिंथेटिक रसायनहरूको समूह प्रयोग गरिन्छ। यी रसायन धेरै ब्रान्डका अल्ट्रा–थिन कन्डम र जेली लुब्रिकेन्टहरूमा पाइने पुष्टि भएको छ। ‘पीएफएस’सामान्यतया कन्डमहरूमा तिनीहरूको नरमपना र तरलता कायम राख्न प्रयोग गरिन्छ।
बिज्ञापन
२-क्यान्सर हुनसक्छ:
‘पीएफएस’मा गरिएका केही अध्ययनअनुसार यसको एक्सपोजरले क्यान्सरको जोखिम पनि बढाउँछ। कहिलेकाहीं यसले अण्डकोषको क्यान्सरका साथै मिर्गौलाको क्यान्सर पनि निम्त्याउन सक्छ। कतिपय अवस्थामा यसको अत्यधिक प्रयोगले बाँझोपनसम्बन्धी समस्या पनि निम्त्याउन सक्ने अध्ययनले देखाएको छ। साथै यस रसायनको एक्सपोजरले प्रोस्टेट क्यान्सरका साथै स्तन क्यान्सरको जोखिम बढाउँछ। इन्डोमेट्रियल क्यान्सर बाहेक यसले थाइरोइड क्यान्सर पनि निम्त्याउन सक्ने पाइएको छ।
३-‘पीएफएस’ले गर्ने अन्य हानि:
कण्डम तथा लुब्रिकेन्टमा हुने यी रसायनको सम्पर्कमा आएर पुरुष र महिला दुवैमा विभिन्न समस्या निम्तन सक्छ। विज्ञहरूका अनुसार हप्तामा दुई पटकभन्दा बढी कण्डमको प्रयोग गरेमा योनीको भित्री तह र झिल्लीमा रहेको संवेदनशीलता बिस्तारै गुम्न थाल्छ। जसकारण महिलाको योनीबाट तरल पदार्थको स्राव कम हुन्छ वा पूर्ण रूपमा बन्द हुन्छ, जसले योनीमा दुखाइ वा सुक्खापन निम्त्याउन सक्छ।
विज्ञहरूका अनुसार‘पीएफएस’को एक्सपोजरले शुक्राणुको संख्यालाई असर गर्छ, जसले बाँझोपन निम्त्याउन सक्छ। ‘पीएफएस’ को एक्सपोजरले कलेजो क्षतिको साथै थाइराइड समस्या निम्त्याउन सक्छ। यो केमिकलले कहिलेकाहीं रोगप्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउनुका साथै अन्य समस्या पनि निम्त्याउन सक्छ।
-यो पनि पढ्नुहोस्:








