मिर्गौलाको पत्थरी आजको समयमा धेरैलाई पिरोल्ने समस्या बनेको छ । मिर्गौलाले फोहोरलाई राम्ररी फिल्टर गर्न नसक्दा यसमा फोहोर जम्मा भएर पत्थरी बन्ने गर्छ ।
बिज्ञापन
मिर्गौलाको पत्थरीको उपचार गरिएन भने मिर्गौलाको कार्य क्षमता कम हुँदै जान्छ र मिर्गौला फेल पनि हुन सक्छ । हाम्रो खानपानले पत्थरीमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले मिर्गौलाको पत्थरी भएका बिरामीले खानपानमा विशेष ध्यान दिनुपर्छ भनेर स्वास्थ्य विज्ञहरू भन्छन् । पत्थरीको आकार नबढोस् भनेर मिर्गौलाको पत्थरी भएका बिरामीहरूलाई सामान्यतया स्वस्थ र सन्तुलित आहार खान सल्लाह दिइन्छ ।
बिज्ञापन
यिनीहरूलाई बढी नुन र माछा मासुको सेवनबाट पनि टाढा रहन सल्लाह दिइन्छ । यसबाहेक अमिलो खानेकुराको सेवन पनि कम गर्न भनिन्छ । मिर्गौलामा पत्थरी भएका मानिसहरूले प्रशस्त पानी पिउनुपर्छ । कहिलेकाहीँ चाहिँ पत्थरी सानो आकारको छ भने पिसाबबाट बाहिर निस्कन सक्छ । त्यसैले शरीरमा पर्याप्त मात्रामा पानी हुनु अति आवश्यक हुन्छ । आजको यस लेखमा हामीहरू मिर्गौलामा पत्थरी भएका बिरामीहरू खान हुने र खान नहुने खानेकुराबारे कुराकानी गर्नेछौँ । जुन यस प्रकार छन् :
खान हुने (फाइदा गर्ने)
बिज्ञापन
१) प्रसस्त पानीः पथ्थरी भएको व्यक्तिले सामान्य भन्दा धेरै पानी पिऊन जरूरि छ। धेरै पानी पिउँदा पिसापको मात्रा पनि बडने हुंदा एस ले मृगौला मा बनेको पथ्थरलाईं बगाई लान मद्दत गर्छ।
२) नरिवल पानीः पथ्थरी हुदा नरिवल पानीको उपयोगलाई पनि राम्रो मानिन्छ । नरिवल पानीमा पथ्थर बन्न रोक्ने र बढन नदिने मात्र होइन बनिसकेको पथ्थरलाईं समेत समन गर्नै खालका विशेष रसायन हरु छन। यसमा प्रशस्त प्राकृतिक पोटेशियम पाइन्छ जसले पथ्थरी बन्ने प्रक्रियालाई रोक्छ।
३) हरियो मकैको चीयास् यसमा प्रसस्तै मात्रामा प्रोटीन, कार्बोहाइड्रेट्स, विटामिन्स, मिनिरल्स पाइन्छ। यो चीया को सेवनले मूत्र उत्सर्जनलाई पनि बढाउछ। यसका अलाबा यो चीयामा टार्ट्रेट्स भन्ने तत्व पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ। यस चीयामा पाइने तत्वहरूले मिर्गौलाको इनफेक्शन कम गर्न र मिर्गौला तथा मुत्रथैलीलाई बलियो बनाउन मद्दत गर्छ।
४) जौ को मांड स् जौ को मांडले मुत्र(प्रवाहलाई बढाउनुका साथै मिर्गौला तथा मुत्रमार्गको इन्फेक्शनलाई समन गर्दछ।
५) भुईकटहरको रस स् भुई(कटहरको रसमा पथ्थरीलाई गाल्ने इञ्जाइमहरू छन। यसमा भएको इञ्जाइम ले फ़ाइब्रिनलाई तोड्न पनि मद्दत गर्छ।
६) पथ्थरी भएको व्यक्तिलाई केराले पनि फाइदा दिन्छ। केरामा भिटामिन बी (६ पाइन्छ जसले अक्जलिक एसिडलाई तोडेर ऑक्जेलेट क्रिस्टल बन्न दिदैन।
७) बदाम स् बदाममा प्रशस्त मात्रामा म्याग्नेशियम र पोटासियम पाइन्छ। यी तत्वहरूले पथ्थरी बन्न दिंदैन।
८) कागतीमा प्रशस्त सिट्रेट पाईन्छ। यो अम्लले क्याल्सियम अक्जलेट पथ्थरी हुन दिदैन।
९) गहतको झोल स् गहतको झोललाई शक्तिशालि पथ्थरी समक द्रव्य मानिन्छ र एसको प्रयोगले पथ्थरी हुननदिनका साथै बनेको पथ्थरीलाई पनि गलाउन मद्दत गर्छ।
१०) करेला स् करेलामा प्रशस्त मात्रामा म्याग्नेसियम र फस्फोरस पाईन्छ । यी तत्वले युरीक एसिड र मधुमेहलाई पनि नास गर्छ।
११) गाँजर स् यसमा पायरोफॉस्फेट र वनस्पति अम्ल पाइन्छ जसले पथ्थरी बन्ने क्रियालाई रोक्छ । यसका अलाबा गाजरमा पाइने केरोटिन नामक पदार्थले मूत्र संस्थान को भित्तामा हुने घाऊ निकोपार्न मद्दत गर्छ।
खान नहुने (बेफाइदा गर्ने)
१)आहारविज्ञका अनुसार बढी नुनको सेवनले मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । जङ्क फुडमा नुनको मात्रा धेरै हुन्छ, जसका कारण जङ्क फुड र अन्य नुनिलो खानेकुराबाट टाढा रहनुपर्छ ।
२) धेरै प्रोटिन भएको खानाले पनि मिर्गौलाको पत्थरीको समस्या बढाउन सक्छ । विशेष गरी पशुबाट पाइने प्रोटिनहरू जस्तैस् अण्डा, मासु, माछा र अन्य ननभेज खानेकुराहरू खानु हुन्न । प्रोटिनले युरिक एसिड बढाउँछ, जसले पत्थरीको समस्या बढाउन सक्छ ।
३) रोग प्रतिरोधात्मक क्षमताका लागि सिट्रस फलफूललाई रोग फाइदाजनक मानिन्छ । तर मिर्गौलामा पत्थरी भएका बिरामीले यी खानेकुरा सीमित मात्रामा मात्र खानुपर्छ । सिट्रस फलफूलमा भिटामिन सी हुन्छ । यसको अधिक मात्राले अक्सलेट उत्पादन बढ्छ जसका कारण मिर्गौलामा पत्थरी बढ्छ ।
४) मिर्गौलाको पत्थरीबाट पीडित व्यक्तिहरूले पालुङ्गो खानु हुन्न । यसमा अक्सालिक एसिडको मात्रा बढी हुन्छ, जो शरीरमा अक्सालेटमा परिणत हुन्छ । यसका कारण मिर्गौलामा पत्थरी बन्न सक्छ ।
५) मिर्गौलाको पत्थरी भएका बिरामीले हलुका पेय पदार्थ र इनर्जी ड्रिङ्कको सेवन टाढा रहनुपर्छ । यी पेय पदार्थमा फस्फोरिक एसिड हुन्छ जसले मिर्गौलाको पत्थरीलाई अझ बढाउन सक्छ । यस्तो अवस्थामा हलुका पेय पदार्थ सकेसम्म कमै मात्र सेवन गर्नुपर्छ ।
लक्षण
१) ढाड पछाडि दुख्नु,
२)लोइन टु ग्रोइन पेन। कहिलेकाहीँ पत्थरीको सानो कण पिसाबको नलीमा गएर अड्किएमा अचानक र अत्याधिक हुने दुखाइ।
३) पिसाबमा रगत देखा पर्नु वा पिसाब धमिलो हुनु,
४) पिसाबनलीमा इन्फेक्सन हुनु, ज्वरो आउनु,
५) हाइड्रो नेफ्रोसिस हुनु। पत्थरीको सानो कण पिसाबनलीमा अड्किँदा किड्नी फुल्न सक्छ र किड्नीको दायाँ वा बायाँ अथवा दुवै साइडमा दुख्न सक्छ।
६) बिना लक्षण नै पत्थरी हुनु। मिर्गौलाको पत्थरीको कुनै लक्षण नदेखिन सक्छ। यसलाई यसिम्टोम्याटिक भनिन्छ। यसले गर्दा कतिलाई किड्नी फेल भएको थाहा नहुन सक्छ। र, मिर्गौला फेलियरको अवस्थामा बिरामीहरु अस्पताल आउँछन् ।








