नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।
बिज्ञापन
शुक्रबार बिहानका राति करिब ३ बजे नवलपरासी बर्दघाट नगरपालिका-१४ बस्ने २० वर्षीया सोनिया खनाल पिसाब फेर्न गएको अवस्थामा बायाँ खुट्टामा सर्पले टोकेको थियो।
बिज्ञापन
सर्पले टोकेपछि उपचारका लागि स्थानीय सरोज मेडिकलमा लगी सामान्य उपाचारपश्चात जिल्ला अस्पताल परासी ल्याएकोमा डाक्टरले करिब ८स्३० बजे मृत घोषणा गरेको नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रेशम बोहरा जानकारी दिए।








