किसानको उत्पादनमा विचौलिया हाबीहुँदा अन्डाको मुल्य अचाक्ली बढेको छ ।
बिज्ञापन
बिचौलियाले एउटै अण्डामा पाँच रुपियाँसम्म कमिसन असुलेपछि उत्पादन गर्ने किसान र उपभोक्ता दुबै मारमा परेका छन् । नियामक निकायले आँखा चिम्लिएका कारण विचौलियाले मनपरी गरेको उपभोक्ताको गुनासो छ । अण्डाको लागत मूल्य नपाएपछि किसान भने विस्थापित हुन थालेका छन् । अण्डाको मूल्यवृद्धि हुँदा पनि किसानको लागत उठ्न सकेको छैन । किसानसँग सस्तो मूल्यमा किनेर बिचौलियाले बिक्रेतालाई महँगोमा बेच्ने गरेका छन् ।
बिज्ञापन
अण्डा उत्पादन संघका महासचिव प्रवीण केसीका अनुसार किसानले एउटा अण्डाको लगभग १७ रुपियाँ पाउँछन् तर त्यही अण्डा उपभोक्ताले २० रुपियाँदेखि २२ रुपियाँसम्म तिर्नुपरेको छ बिचौलियाले बिचमा एउटा अण्डामा तीन रुपियाँदेखि पाँच रुपियाँसम्म खाएका छन् ।
बिचौलियाका कारण ५ हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा अहिले घटरे दुई हजारमा पुगेको केसीले बताए । पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले किसानले उचित मूल्य नपाएका कारण विस्थापित भइरहेको बताए ।








