सामुदायिक विद्यालयका प्रधानाध्यापहरुको संगठन प्रिन्सिपल एसोसियन अफ नेपाल (पान) ले एसईई (२०८०) को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पाँच वटा विद्यालयलाई सम्मान गरेको छ ।
बिज्ञापन
पानले शनिबार ‘एसईई २०८० को नतिजा तथा सुधारका पक्षहरु’ कार्यक्रममा देशभरिमा सबैभन्दा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल काठमाडौंको विश्व निकेतन मावि र ज्ञानोदय माविलाई र उपत्यकाबाट काठमाडौंको श्रम राष्ट्रिय मावि, ललितपुरको त्रिपद्म मावि र भक्तपुरको मेघा माविलाई सम्मान गरेको हो । पानका अध्यक्ष सुदाम गौतमले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको मिहेनतका कारण उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले अब सबै शिक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । विद्यालय, प्रधानाध्यापक, शिक्षक, कर्मचारीलाई काम गर्न सम्बन्धित पालिकाले सहजीकरण गरिदिँदा शैक्षिक गुणस्तर उकास्न सहज हुने उनको भनाइ छ ।
बिज्ञापन
विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले नतिजा सुधार गर्नका लागि विद्यालय जिम्मेवार र उत्तरदायी बन्न सक्नुपर्ने बताए । उनले भने, ‘विद्यालय जिम्मेवार उत्तरदायी बन्ने हो भने नतिजा सुधार गर्न सकिन्छ भन्ने उदाहरण हाम्रो विद्यालय पनि हो ।’








