नेपाली सिनेमा जगतकी प्रख्यात अभिनेत्री स्वस्तिमा खड्का ४ जुलाई १९९५ मा जन्मेकी हुन । प्रवेशिका परीक्षा वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरमा पुरा गरिसकेपछि तीन वर्षे आर्किटेक्चर ईन्जिनियरिङ डिप्लोमा थापाथली क्यामपसबाट पुरा गरेकी स्वस्तिमा नेपाली राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन नेपाल १७ वर्षकै उमेरमा भाग लिएकी थिईन ।
बिज्ञापन
नायिका खड्काले सन् २०१५ मा प्रेमप्रसङ्गयुक्त होस्टल रिटन्र्स फिल्म को अभिनयको लागि राष्ट्रिय चबलचित्र पुरस्कार प्राप्त गरेकी हुन । सन् २०१६ मा निश्च्ल बस्नेत सँग बैवाहिक बन्धनमा बाधेकी स्वस्तिमा सन् २०१७ मा प्रेमप्रसङ्गयुक्त नाटक लभ लभ लभ मा आलोचनाहरुबीच सकारात्मक समिक्षा हाँसिल गरेकी थीई । स्न २०१७ मा आएको चलचित्र छक्का पन्जा २ मा स्वस्तिमा खड्का पनि देखा परेकी थिईन जुन व्यवसायिक रुपमा सफल भएको थियो जस्को रिलीजले पहिलो ६ दिनमै ६० मिलीयन नेपाली रुपैया कमाएको थियो र दोस्रो सर्वाधिक कमाई गर्ने नेपाली चलचित्र बनेको थियो । उहि वर्ष नाटय चलचित्र बुलबुल मा अभिनय गरेकी खड्काले चलचित्रमा आलोचनात्मक प्रशंशा प्राप्त गरेकी थिईन ।
बिज्ञापन
अन्य चलचित्रहरु प्रेमगीत २ , २ रुपैया, छक्का पन्जा ३, जय भोले, नाई न भन्नु ल ५,हजार जुनी सम्म, घामड शेरे र चपली हाइट ३ जस्ता चलचित्रमा अभिन्य गरेकी खड्का ले नेपाली चलचित्र मार्फत निकै चर्चा कमाएकी छिन ।








