होमपेज > लोकप्रिय गायक संगम लिम्बूको नयाँ गीत ‘शिरफुल चट्टै’ बजारमा

लोकप्रिय गायक संगम लिम्बूको नयाँ गीत ‘शिरफुल चट्टै’ बजारमा

बिज्ञापन
बिज्ञापन

नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ चर्चित र लोकप्रिय गीत गाएर आफ्नै छुट्टै पहिचान बनाएका गायक संगम लिम्बूले रोमान्टिक भावको नयाँ गीत ‘शिरफुल चट्टै’ को भिडिओ लिएर श्रोता र दर्शकमाझ आएक छन्। संगम लिम्बुकै शब्दरचना, ताराप्रकाश लिम्बूको सङ्गीत संयोजन चन्द्र चौधरीको मिक्सिङरमाष्टरिङ रहेको यस गीतमा संगम लिम्बू र कौशिला लिम्बूले स्वर दिएका छन् । एक अर्काप्रतिको प्रेम र समर्पण भाव व्यक्त गरिएको यस गीतमा दुईमुटु एक धड्कन बन्ने र एक अर्काको खास मान्छे भएर जीवनभर सँगै जिउने चाहना व्यक्त गरिएको छ ।

बिज्ञापन

तेह्रथुमको तीनजुरे लगायत रमणीय स्थानमा छायांकन गरिएको म्युजिक भिडियोमा ढकमक्क फुलेका रङ्गीबिरङ्गी गुराँसे वनका मनमोहक दृश्यहरु आकर्षक ढंगले समेटिएको छ्र दिनेश माङ्मु लिम्बूको कोरियोग्राफीरनिर्देशनमा निर्माण भएको हो । दर्शकहरुको अपार माया र साथ् पाईरहेको सागर सुब्बाद्वारा निर्देशित लिम्बू संस्कृति मुलक चलचित्र ‘लोजिमा’ की नायिका बिमला खजुम लिम्बू र लोकप्रिय कलाकार आशिष लिम्बूको अभिनय रहेको यो भिडिओ गीतकाररगायक संगम लिम्बूकै अफिसियल युट्युब च्यानल  SANGAM LIMBU बाट हालै डिजिटल बजारमा आएको हो । जसमा सुमन तामाङको छायाङ्कन र अनिल रानाको सम्पादन रहेको छ । युट्युबमा अपलोड भएको छोटो समयमै लोकप्रिय भएको यो भिडिओले उत्साहजनक भ्युज पाईरहेको छ ।

बिज्ञापन

आफ्नो मुख्य विधा गायन भएपनि शब्द लेखन र सङ्गीतमा समेत उत्तिकै कुशल संगमले यदाकदा अभिनय पनि गर्दै आएका छन् । उनी आफ्ना गीत प्रायस् आफैं लेख्छन्स् संख्या भन्दा स्तरीयतामा विश्वास गर्ने उनी लामो समयको मेहेनत पछि मात्र आफ्नो सिर्जना सार्वजनिक गर्ने गर्छन् ।

बहुआयामिक प्रतिभाका धनी संगमले यसअघि लोकजुहारी, पप, आधुनिक, लिम्बूभाषा लगायत विविध शैलीका गीतमा स्वर दिएका छन् भने उनका ‘जाउँ साइँली सरर इलाम बजारमा, पोखरा पनि उजाड लाग्छ, डार्लिङ् नभन, निङ्साङ पोक्लछ’ (लिम्बूभाषा) लगायतका गीत सर्वाधिक लोकप्रिय छन् । गायक बन्ने सपना बोकेर २०५३ सालमा पाँचथरबाट काठमाण्डौ प्रवेश गरेका संगम सानैदेखिको आफ्नै रहर र अथक मेहेनतले यहाँसम्म आईपुगेका गायक हुन् ।
हेर्नुहोस् उक्त गीतको  भिडियोः

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते