होमपेज > श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल

श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल

बिज्ञापन
बिज्ञापन

श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सफल भएको छ ।  आज बिहान काठमाडौंबाट भरतपुर उडान भएको हो ।

बिज्ञापन

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौंबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधिर मितलले जानकारी दिए । उनका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन । विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ । उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्रीका प्रवन्ध निर्देशक मितलले बताए ।

बिज्ञापन

अहिले काठमाण्डौं भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ । केही वर्ष अगाडि यति एयरलाइन्सको विमान भरतपुर आउने गरे पनि अहिले भने उडान रोकिएका छन् । ८० सिट क्षमता श्री एयरलान्इन्सको विमान भरतपुर आउन थालेपछि भाडा पनि घटाउने योजना रहेको प्रवन्ध निर्देशक मितलले बताए । अहिले बुद्धले भरतपुर–काठमाडौँको एकतर्फी भाडा चार हजार ८०० भन्दा बढी लिने गरेको छ । भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन बन्दैछ । विमानस्थल विस्तारको काम पनि अगाडि बढ्दैछ ।

गृहमन्त्री लामिछाने, पर्यटनमन्त्री तामाङ र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले निर्माणाधीन टर्मिनल भवनको पनि निरीक्षण गरेका छन् । भरतपुर महानगर प्रमुख दाहालले ८० सिटे जहाजको सफल परीक्षणसँगै महानगरवासीको एउटा सपना साकार भएको बताइन् । पर्यटनमन्त्री तामाङले एक वर्षभित्रै रनवे विस्तारको काम सुरु हुने बताए । गृहमन्त्री लामिछानेले विमानस्थल विस्तारमा आफूले सक्दो सहयोग गर्ने बताए । भरतपुरमा ८० सिटे जहाज आउने भए पनि विमानस्थल विस्तार नभई रात्रिकालीन उडान भने गर्न सकिंदैन ।

बिज्ञापन

विमानस्थलभन्दा पश्चिमतर्फ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रको जग्गामा विमानस्थल विस्तार गरेर रनवे १६ सय मिटर बनाउने लक्ष्य राखिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते