होमपेज > बोलेरोका ग्राहकहरूलाई लक्षित गरी महिन्द्राले ल्यायो नयाँ योजना

बोलेरोका ग्राहकहरूलाई लक्षित गरी महिन्द्राले ल्यायो नयाँ योजना

बिज्ञापन
बिज्ञापन

अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कसले आफ्ना महिन्द्रा बोलेरो गाडीका ग्राहकहरूलाई लक्षित गरी ‘ज्याला फ्रि, बोलेरो मर्मत र सर्भिसिङमा बचत बढी’योजना ल्याएको छ।

बिज्ञापन

यो योजना असार ९ गतेदेखि २१ गतेसम्म सुरू हुनेछ भने डेन्टपेन्ट र बाहिरी कामका लागि लागू हुने छैन। साथै, यसको लाभ उठाउनको लागि ग्राहकले कम्तीमा एक हजार रूपैयाँको स्पेयर पार्ट्स खपत गर्नुपर्नेछ। बालाजु अटो वर्कसका सर्भिस हेड शिव सुदन श्रेष्ठले भने, ‘ग्राहकहरूको सुविधाको लागि हामीले यस्ता योजनाहरू ल्याइरहेका हुन्छौं। यो योजना पनि त्यसै अन्तर्गतको हो। हामी चाहन्छौं कि बोलेरो ग्राहकहरूले अझ बढी बचतका साथै यस योजनामा सहभागी भई बढीभन्दा बढी लाभ लिन सकुन्।’

बिज्ञापन

यो योजना हाल बागमती र गण्डकी प्रदेशका बालाजु अटो वर्कस् अन्तर्गत महिन्द्राका आधिकारिक सर्भिस सेन्टरहरूमा मात्र लागू गरिएको छ। साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्थाले यसै योजनाका अन्तर्गत महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने योजना पनि ल्याएको छ।

यसै योजनाअन्तर्गत गाडी खरिद गर्दा थप वारेन्टी, फ्री सर्भिसिङ, अग्नि हायर पर्चेज मार्फत सरल फाइनान्सिङ, लगायत अन्य सुविधा पनि उपलब्ध गराउने कम्पनीको भनाइ छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते