होमपेज > ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य

बिज्ञापन
बिज्ञापन

यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुन र चाँदीको मूल्यमा भारी गिरावट हो । महासंघका अनुसार सुन तोलामा ३८ सय र चाँदी १०० रुपैयाँले घटेको छ ।

बिज्ञापन

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ कायम थियो । यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० रुपैयाँ कायम छ ।

बिज्ञापन

यो साता आइतबारदेखि नै सुनको मूल्य घट्न थालेको थियो । शुक्रबारको तुलनामा तोलामा ४ हजार रुपैयाँले घटेको सुनको मूल्य सोमबार र मंगलबार स्थिर रह्यो । यस्तै बुधबार ६०० ले बढेर बिहीबार पनि सोही मूल्य कायम रह्यो । शुक्रबार भने तोलामा ४०० रुपैयाँले घटेर १ लाख ४२ हजार २०० कायम भएको हो ।

यस्तै यो साता चाँदीको मूल्य पनि घटेको छ । गत साताको शुक्रबार तोलामा १९ सय रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १८ सय रुपैयाँमा आइपुग्यो । यो साता आइतबार तोलामा ७५ रुपैयाँले घटेर सोमबार सोही मूल्यमा बिक्री भयो । यस्तै मंगलबार १० रुपैयाँले घटेको चाँदी बुधबार ५ रुपैयाँले बढ्यो र बिहीबार र शुक्रबार १०–१० रुपैयाँले घट्यो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते