आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
बिज्ञापन
यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ६०० रुपैयाँ कायम थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ५५० रुपैयाँ छ ।
बिज्ञापन
महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर तोलामा १९ सय ३० रुपैयाँ कायम भएको जनाएको हो । हिजो चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँ कायम थियो ।








