होमपेज > साताको पहिलो दिन सेयर बजारको कारोबार सवा ५ अर्ब नाघ्यो

साताको पहिलो दिन सेयर बजारको कारोबार सवा ५ अर्ब नाघ्यो

बिज्ञापन
बिज्ञापन

साताको पहिलो दिन आइतबार सेयर बजार २।२६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४५।६९ अंक बढेको नेप्से परिसूचक २०६४ अंकमा पुग्यो ।

बिज्ञापन

यस दिन कारोबार रकम पनि उल्लेख्य बढेको छ । अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडको भयो । सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४।३८, निर्जीवन बीमा ३।८१, अन्य समूह २।७६ र बैंकिङ २।६३ प्रतिशत बढे । विकास बैंक १।६२, फाइनान्स १।०७, होटल तथा पर्यटन १।३५, हाइड्रोपावर १।२५, लगानी १।२९, उत्पादन १।६८, माइक्रोफाइनान्स १।३६ तथा व्यापार समूह ०।५५ प्रतिशत बढे ।

बिज्ञापन

आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८।४, माउन्टेन हाइड्रो नेपालको ७।९, रुरुको ७।४, रिभरफल्स पावरको ७।१ तथा एनआईसी एसिया बैंकको ६।९ प्रतिशत मूल्य बढ्यो ।

माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । पिपुल्स पावरको ७।७, बाराही हाइड्रोपावरको ६।३, गुराँस लघुवित्तको ५।२, दोल्ती पावरको ३।९ प्रतिशत मूल्य घट्यो ।कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, फस्र्टमाइक्रोफाइनान्स, हिमालयन लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, सिटिजन लाइफ इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते