होमपेज > हीर शाहीको प्रेममा दिनेश बिष्ट (भिडियोसहित)

हीर शाहीको प्रेममा दिनेश बिष्ट (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त र गायक प्रताप दास स्वरवद्ध नयाँ गीति भिडियो ‘बादल भित्र’ सार्वजनिक भएको छ । सोमबार युट्यूवमार्फत वर्ल्ड प्रिमियर गरिएको गीतले रोमान्टिक प्रेमको कथा बोल्छ ।

बिज्ञापन

बिष्णु भण्डारीको शब्द रचना रहेको गीतमा पछिल्लो पुस्ताका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले संगीत भरेका छन् । एरेञ्जको काम कुशल सिंहको छ भने मिक्सिङ तथा मास्टरिङ नरेश विविसीले गरेका छन् । मोडलद्वय दिनेश बिष्ट हीर शाहीको जीवन्त अभिनय भिडियोमा देख्न सकिन्छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोमा पोखरा ढोर पाटन बाग्लुङ लगायत आसपासका रमणीय दृश्यलाई सुन्दर तरिकाले कैद गरिएको छ । छायांकन प्रकाश खड्काको रहँदा मेकअपमा कविता टोलङ्गी र अस्मिता शाही छिन् ।

बिज्ञापन

सम्पादन र कलरमा क्रमशः लक्ष्मण चौहान र मिलान विश्वकर्माले गरेका छन् । यसअघि ‘मायाको खेलाइमा, हाँसाहाँसी, राजरानी’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेका मोडल बिष्ट एक पछि अर्को गीतमा पनि फिट देखिएका छन् । फरक विधाका कथावस्तुमा अभिनयमा रुची राख्ने दिनेश यथार्थपरक अभिनयमा आफ्नो ध्यान रहने बताउँछन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते