होमपेज > राष्ट्र बैंकको स्वीकारोक्ति- ‘एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएकै हो’

राष्ट्र बैंकको स्वीकारोक्ति- ‘एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएकै हो’

बिज्ञापन
बिज्ञापन

काठमाडौँ । अन्तत: नियामक नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको स्वीकारेको छ । राष्ट्र बैंकका सहप्रवक्ता डा. भागवत आचार्यले राष्ट्र बैंकमा शाखा बन्द गर्न एनआईसी एशिया बैंकले निवेदन दिएको सत्य भएको पुष्टी गरेका हुन् । यद्यपी उनले राष्ट्र बैंकले त्यसमा स्वीकृति भने नदिईएको दाबी गरेका छन् ।

बिज्ञापन

‘बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य हो ।’ कुराकानी गर्दै डा. आचार्यले भने- ‘तर हामीले स्वीकृति नदिएको हो ।’केहि समय अगाडीमात्र एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको खबर प्रकाशन गरेपछि बैंकले सार्वजनिक विज्ञप्ति नै जारी गरेर सो समाचारको खण्डन गरेको थियो । यद्यपी नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको तर आफुहरुले स्वीकृति नदिएको दाबी गरेको छ ।

बिज्ञापन

मंगलबार योहो टेलिभिजनमा बोल्दैसमेत डा. आचार्यले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य भएको पुष्टी गरेका थिए । यस विषयमा बुझ्न डा. आचार्यलाई फोन गर्दा उनले एनआईसी एशिया बैंकले शाखा बन्द गर्न निवेदन दिएको सत्य भएको दोहोर्याएका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते