नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीमार्फत २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो ।
बिज्ञापन
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । माघ २३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा बैंकहरुले गरेको कर्जा लगानी भने ५० खर्ब ८६ अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ ।
बिज्ञापन
अन्तर बैंक ब्याजदर ३.०९ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हाराहारीमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा÷निक्षेप अनुपात (सीडी रेसिया) ८०.२६ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ५ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ ।








