नेपाली बजारमा आज साताको पाँचौं दिन सुनको मूल्य बढेको छ । आज बिहीबार सुन तोलामा तेह्र सयले महंगिएको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाला सुनको मूल्य १ लाख २२ हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी एक तोला तेजावी सुनको मूल्य १ लाख २१ हजार ४०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
अघिल्लो दिन बुधबार एक तोला छापावाला सुन १ लाख २० हजार ७०० र एक तोला तेजावी सुनको मूल्य १ लाख २० हजार १०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँ कायम भएको छ ।








