हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि पुस २ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बुधबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ताज ब्यांकेट बालुवाटार, काठमाडौंमा आज बिहान बाँडफाँट गरिएको हो ।
बिज्ञापन
आईपीओ भरेका सबैले शेयर पाएका छन् । आईपीओका लागि आवेदन दिएका लगानीकर्ताहरुले न्यूनतम १० देखि अधिकतम ४० कित्तासम्म शेयर पाएका हुन् । लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट http://www.himalayanre.com/ बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
बिज्ञापन
उक्त कम्पनीको आईपीओका लागि १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका थिए । यसअघि ३० लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरेको कम्पनीले २ करोड ४९ लाख कित्ता शेयर प्रतिकित्ता रु. १०० अंकित दरमा रु. १०६ प्रिमियम थप गरी प्रतिकित्ता रु. २०६ मा बिक्री गर्न लागेको हो । ६ लाख कित्ता कम्पनीका कर्मचारी र १५ लाख कित्ता सामूहिक लगानीकोषलाई बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गरिएको हो ।







