होमपेज > हिमालयन रि–इन्स्योरेन्सले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

हिमालयन रि–इन्स्योरेन्सले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

बिज्ञापन
बिज्ञापन

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले मङ्सिर २७ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रिमियम मूल्य सहित आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

बिज्ञापन

जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको थियो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने कम्पनीले मङ्सिर ४ गतेदेखि १८ गतेसम्म विक्री गरिसकेको छ । कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो ।

बिज्ञापन

पहिलो चरणका विक्री गरी बाँकी रहेको २ करोड ७० लाख कित्ता शेयरमध्ये ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि र १५ लाख कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी २ करोड ४९ लाख कित्ता भने सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो ।

सर्वसाधारण लगानीकर्ताले यो आईपीओ खरीदका लागि छिटोमा पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा पुस ११ गतेसम्म विक्री लम्बिनेछ । आवेदन दिदाँ न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा य कम्पनीको आईपीओ पनि छिटो अवधि पुस १ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

बिज्ञापन

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यस रेटिङ्गले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ । धितोपत्र बजारमा पुनर्बीमा क्षेत्रको दोस्रो कम्पनीको रुपमा यो कम्पनी भित्रिन लागेको हो ।

यस अघि पुनर्बीमा क्षेत्रको नेपाल पुनर्बीमा कम्पनी धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । यो कम्पनी २०७८ साल असार ३१ गते तत्कालित बीमा समितिबाट कारोबारको स्वीकृति प्राप्त गरी सञ्चालनमा रहेको छ । अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ ।

हाल कम्पनीमा संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७ अर्ब रूपैयाँ छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी २९ करोड २१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७ पैसा छ । गत आर्थिक वर्षको अन्त्यसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनी ४४ करोड २४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको देखिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते