होमपेज > क्रुर शिक्षकः नौं वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट

क्रुर शिक्षकः नौं वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट

बिज्ञापन
बिज्ञापन

पश्चिम नवलपरासी सरावल गाउँपालिकास्थित एक विद्यालयका सहायक प्रधानाध्यापकले नौं वर्षीया छात्रालाई घरमै गएर निर्घात कुटपिट गरेका छन् । सरावल– ७ बर्गदवामा रहेको बर्दघाट कालिका इङलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् । कक्षा १ मा अध्ययनरत नौं वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक समेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट बालिकाको शरीरमा राताराता नीलडामहरू बसेका छन् ।

बिज्ञापन

बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तीले हानेको अभिभावकले जानकारी दिएका छन् । घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताए ।

बिज्ञापन

स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक–पटक गर्दै आएको बता ए। पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताए । यादवको कुटाइबाट ती बालिका हिँड्न नसक्ने अवस्थामा छिन् ।

छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्न समेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताए । सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरुले दोषी माथि कारवाहीको माग गरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते