नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो ।
बिज्ञापन
आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
हिजो बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँ थियो भने तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।








