होमपेज > बैंक तथा वित्तीय संस्थामा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थामा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्दैछ । राष्ट्र बैंकले वाणिज्य तथा सिकास बैंक र फाइनान्स कम्पनीहरुमा निक्षेप राख्न प्रस्ताव आह्वान गरेको छ ।

बिज्ञापन

केन्द्रीय बैंकले १७ करोड ६७ लाख रुपैयाँ बराबरको निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रस्ताव मागेको हो । १४ कार्तिकसम्म बैंक तथा वित्तीय संस्थाले लगानी लिन चाहेको रकम र दिन चाहेको व्याज उल्लेख गरी आवेदन दिइसक्नु पर्नेछ ।

बिज्ञापन

लगानीको अवधि एक वर्ष अर्थात् तीन सय ६५ दिन रहेको छ । राष्ट्र बैंकले २०८० मंसिर ४ गतेदेखि २०८१ मंसिर ३ गतेसम्म निक्षेप राख्न लागेको छ । लगानीका लागि छुट्याएको कुल रकममध्ये वाणिज्य बैंकमा १४ करोड १४ लाख रुपैयाँ, विकास बैंकमा दुई करोड ६५ लाख रुपैयाँ र फाइनान्स कम्पनीमा ८८ लाख रुपैयाँमा वर्गीकरण गरिएको छ ।

राष्ट्र बैंकका अनुसार लगानीका लागि त्यसरी प्रस्ताव पेश गर्ने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हनुपर्ने र तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत अथवा त्यसभन्दा बढी भएको हुनुपर्ने छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते