होमपेज > एकाएक किन अशान्त बन्यो नेपालगन्ज?

एकाएक किन अशान्त बन्यो नेपालगन्ज?

बिज्ञापन
बिज्ञापन

नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि स्थानीय प्रशासनले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार दिउँसो १ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्य जारी गरिएको हो ।

बिज्ञापन

ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले मंगलबार दिउँसो संयुक्त रूपमा आयोजना गरेको ¥यालीमा ढुंगा प्रहार भएपछि झडप सुरु भएको थियो । बागेश्वरी मन्दिरदेखि सुरु भएको र्‍यालीले बजार परिक्रमा गरी बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा ¥यालीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।

बिज्ञापन

र्‍याली नियन्त्रणभन्दा बाहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कफ्र्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । उनले स्थानीय प्रशासनले स्थिति सामान्य बनाउन कफ्र्यु लगाइएको बताए । हिन्दू ओमकार परिवारले ठूलो संख्यामा श्रीरामको झन्डासहित र्‍याली प्रदर्शन गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी आचार्यले नेपालगन्जको अवस्था सामान्य नहुँदासम्म कफ्र्यु आदेश जारी रहने बताउँदै नेपालगन्जको अवस्था प्रशासनले मात्र एक्लै केही गर्न नसक्ने भएकाले सबै धर्म, समुदाय, राजनीतिक दल, नागरिक अगुवा सबैैले आआफ्नो क्षेत्रबाट पहल गर्न पनि आग्रह गरे ।

बिज्ञापन

बाँके प्रशासनद्वारा जारी कफ्र्यु आदेशमा पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जानेबाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाभित्रको क्षेत्रलाई स्थानीय प्रशासन ऐन, २०२० को दफा ६(क) (१) (३) बमोजिम १६ असोज २०८० दिउँसो १ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ ।

मंगलबार दिउँसो हिन्दू ओमकार समाजको आयोजनामा नेपालगन्जको बागेश्वरी मन्दिरमा जम्मा भएर जयश्रीराम झन्डा लिएर न्युरोड, सेतुविकचोक हुँदै सुर्खेतरोड, बीपीचोकबाट त्रिभुवनचोक जानेक्रममा अनियन्त्रित भई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि सुरु भएपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको प्रजिअ आचार्यको भनाइ छ ।

उनले नेपालगन्जमा कफ्र्यु आदेशपछि अवस्था क्रमिक रूपले सामान्य भएको बताउँदै प्रदर्शनीका क्रममा भएको झडपमा परेर तीन सुरक्षाकर्मीसहित १३ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए । प्रजिअ आचार्यले नगरमा सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न नागरिक समाज, राजनीतिक दल, धार्मिक सूमह सबैमा अपिलसमेत गरेका छन् । यो समाचार राजधानी दैनिकमा छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते