होमपेज > अर्थतन्त्र सुधारोन्मुख छ, हल्ला चाहिँ गलत फैलियो: अर्थमन्त्री डा. महत

अर्थतन्त्र सुधारोन्मुख छ, हल्ला चाहिँ गलत फैलियो: अर्थमन्त्री डा. महत

बिज्ञापन
बिज्ञापन

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको दावी गर्दै गलत हल्लाका कारण मात्र परिस्थति प्रतिकूल बन्न गएको बताएका छन् ।

बिज्ञापन

आज (शनिबार) जनकपुरधाम उद्योग वाणिज्य संघको ५६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले गलत हल्लाका कारण पैसा भएका निजी क्षेत्र लगानी नगरेर प्रतिक्षारत रहेकाले पनि यस्तो स्थिति सिर्जना भएको बताए । उनले देशको अर्थ व्यवस्थामा क्रमिक सुधार भइरहेको दावी गरे । कोभिडको अन्त्यपछि पर्यटकको आगमनमा वृद्धिका कारण देशको अवस्था सुधारोन्मुख रहेको र रेमिट्यान्स आएको तर गलत हल्लाका कारण घर र बैंकमा पैसा थन्किएकाले व्यापक समस्या जस्तो देखिएको अर्थमन्त्रीको भनाइ थियो ।

बिज्ञापन

मधेशसहितका प्रदेशहरुमा आवश्यक बजेट विनियोजनमा केही त्रुटी भएको उनले स्वीकार गरे । मन्त्री डा. महतले त्यसअघि जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानीमा गठबन्धन भित्र केही असमझ्दारी र असन्तुष्टि रहेको भए पनि विस्तारै समाधान हुँदै सरकार आफ्नो लयमा फर्किरहेको बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते