होमपेज > रियलमी ११ एक्सफाइभ जि र रियलमी ११ फाइभ जि बजारमा, के-के छन् विशेषताहरु?

रियलमी ११ एक्सफाइभ जि र रियलमी ११ फाइभ जि बजारमा, के-के छन् विशेषताहरु?

बिज्ञापन
बिज्ञापन

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले गत असोज ५ गते शुक्रबार ठमेलस्थित छाँया सेन्टरमा निःशुल्क फ्यान फेस्ट आयोजना गर्दै सोही अवसरमा आफ्ना दुई नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जिर रियलमी ११ फाइभ जि सार्वजनिक गरेको छ ।

बिज्ञापन

नेपाली युवा पुस्तामाझ निकै लोकप्रिय गायकहरु भेक, यावेश र आकाश खड्काको लाइभ प्रस्तुति रहेको उक्त फ्यान फेस्टमा दर्शकहरुको अत्यन्तै उत्साहजनक सहभागिता रहेको थियो । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रस्तुतिमा सहभागि युवायुवतीहरुले भेक र यावेशको प्रस्तुतिमा नाच्दै–गाउँदै भरपुर मनोरञ्जन लिएका थिए । आफुलाई मन पर्ने गायकहरुको प्रस्तुतिमा रमाउन पाएका हजारौंँ दर्शकहरुको उत्साहले कार्यक्रमलाई अझै भव्य बनाएको थियो ।

बिज्ञापन

उक्त अवसरमा बोल्दै रियलमी नेपालका कन्ट्री जनरल म्यानेजर मुनिश गिरीले भने, “हाम्रो रियलमी कम्युनिटीको यो उत्साहजनक सहभागिताले हामी हर्षविभोर भएका छौँ । हाम्रो लागि यो नयाँँ मोडल लन्च गर्ने प्ल्याटफर्म मात्र नभएर हाम्रो कम्युनिटी, हाम्रो इनोभेसन र फ्युचरलाई सेलिब्रेट गर्ने अवसर पनि हो । तपाईंहरुको अटुट विश्वासले टेक्नोलोजी, डिजाइन र अफोर्डेबिलिटिमा प्रत्येक दिन प्रगति गर्दै जाने हाम्रो प्रतिवद्धतालाई हौसला दिएको छ । यी नयाँँ मोडलहरु रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि त्यही प्रतिवद्धताको प्रमाण हुन् ।

यी दुवै मोडलहरुमा हामीले कनेक्टिभिटी, पर्फर्मेन्स र स्टाइललाई प्राथमिकता दिएका छौँ । नेपाली युवा ग्राहकहरुले रियलमीप्रति जुन वफादारिता र लगाव देखाउनुभएको छ, त्यसैको सम्मानस्वरुप हामीले यो फ्यान फेस्ट आयोजना गरेका छौँ । आशा छ तपाईंहरु सबैले आफ्ना साथीभाइ र परिवारजनसँग भरपुर मनोरञ्जन लिनुहुनेछ ।”

बिज्ञापन

रियलमी ११ एक्स फाइभ जिकामुख्य फिचरहरु :
रियलमी ११ एक्स फाइभ जिमा मिडियाटेकको उच्च स्तरको ६एनएम डाइमेन्सिटी ६१००+एसओसी पावरफुल चिपसेट रहेको छ । डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर यसको मेमोरी १६ जिबिसम्म बढाउन मिल्छ । फाइभ जि कनेक्टिभिटि सहित आउने यो सेटमा ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले २९ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

क्यामराको कुरा गर्नुपर्दा यसमा यस सेगमेन्टकै सबैभन्दा धेरै ६४ एमपिको एआइ क्यामरा राखिएको छ जसले क्लियर, शार्प, र डिटेल तस्बिर लिन्छ । २ह इन–सेन्सर जुम भएको हुँदा यो क्यामराको जुम क्वालिटी पनि राम्रो रहेको छ । त्यस्तै यसको नाइट–स्केप मोडमा रियलमीको फ्ल्यागशिप लेबल प्रो–लाइट इमेजिङ सफ्टवेयर प्रयोग गरिएको हुँदा रातको समयमा पनि उत्कृष्ट तस्बिर खिच्न सकिन्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्रि राखिएको यस रियलमी ११ एक्समा एकचोटि फुल चार्ज गरेपछि दिनभरी आरामसँग भिडियो हेर्न वा गेम खेल्न सकिन्छ । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ । ६.७२ इन्चको अल्ट्रा स्मुथ फुल एचडी+ आइपिएस स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ ।

अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् ।

रियलमी ११ फाइभ जिकामुख्य फिचरहरु :

रियलमी ११ फाइभ जिमा मिडियाटेकको डाइमेनसिटी ६ एनएम ६१००+ को पावरफुल चिपसेट रहेको छ जुन नयाँ हुनुको साथै उच्च स्तरको हो । यसमा भएको ८ जिबि ¥यामलाई डाइनामिक ¥याम एक्स्पान्सन प्रविधि प्रयोग गरेर १६ जिबिसम्म बढाउन मिल्छ । ५००० एमएएचको शक्तिशाली ब्याट्री रहेको यो सेटमा ६७ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले १७ मिनेटमै ५०% सम्म ब्याट्रि चार्ज हुन्छ ।

१०८ मेगा पिक्सेलको सामसँग आइसोसेल एच्एम्६ प्राइमरी क्यामरा र २ एमपिको सेकेन्डरि क्यामरा सहितको डुअल क्यामरा सेटअप सहित आउने यस रियलमी ११ फाइभ जिमा सेल्फी र भिडियो कलको लागि १६ एमपिको फ्रन्ट क्यामरा राखिएको छ ।

६.७२ इन्चको फुलएचडी प्लस आइपिएस् स्क्रिन र १२० हर्जको रिफ्रेस रेट भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्सपेरियेंस प्रदान गर्दछ । यो डिस्प्लेमा २४० हर्जको टच स्याम्प्लिङ रेट रहेको छ । यसको ब्राइटनेस ६८० निट्ससम्मको रहेको छ । अन्य फिचरहरुको कुरा गर्दा यस फोनमा साइड माउन्टेड फिंगर प्रिन्ट, जाइरो सेन्सर, एस्सेलेरोमिटर, प्रोक्सीमिटि, कम्पास जस्ता सुबिधाहरु पनि रहेका छन् । एन्ड्रोइड १३ सपोर्ट गर्ने यस सेटमा रियलमीको ४.० युआइ रहेको छ ।

मुल्य
८-१२८ जीबी स्टोरेज क्षमता भएको रियलमी एक्स फाइभ जिको मुल्य रु.२९,९९९ र ८-२५६ जीबी स्टोरेज क्षमता भएको रियलमी ११ फाइभ जिको मुल्य रु.३९,९९९ रहेको छ । रियलमी ११ फाइभ जि आकर्षक ग्लोरी ब्ल्याक र ग्लोरी गोल्डमा उपलब्ध छ भने रियलमी ११ एक्स फाइभ जि आकर्षक मिड नाइट ब्ल्याक र पर्पल डाउनमाउपलब्ध छ । दुवै स्मार्टफोनहरु देशभरका अनलाइन र आधिकारिक बिक्रेताहरु मार्फत उपलब्ध हुनेछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते