होमपेज > सुन तस्करीमा सीआईबीको निष्कर्ष: हङकङमा डिल, नेपालमा कारोबार

सुन तस्करीमा सीआईबीको निष्कर्ष: हङकङमा डिल, नेपालमा कारोबार

बिज्ञापन
बिज्ञापन

अवैध सुन तस्करीमा अन्तरदेशीय आपराधिक संगठित सञ्जाल सक्रिय रहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले निष्कर्ष निकालेको छ । पछिल्लो छानबिनका क्रममा सीआईबीले सुन तस्करी कार्यमा नेपाली र विदेशी नागरिक संलग्न रहेको उल्लेख गरेको छ ।

बिज्ञापन

सीआईबीले ब्रेक शुमा कुल ३६० किलो ७७८ ग्राम सुन तस्करी भएको समेत निष्कर्ष निकालेको छ । गत २ साउन गते बरामद ६०.७१६ किलो सुनको अनुसन्धान सकेको सीआईबीले थप ३०२.०६ अर्थात कुल ३६० किलो ७७८ ग्राम सुन ब्रेक शुमा लुकाएर ल्याएको निष्कर्षसहित सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । साथै यो समूहले अरु विद्युतीय उपकरणमा पनि लुकाएर सुन तस्करी गरेको देखिएकाले पुरक अनुसन्धान गर्ने सीआईबी प्रमुख किरण बज्राचार्यले बताएकी छन् ।

बिज्ञापन

बुधबार सीआईबीले पत्रकार सम्मेलन गर्दै ६० किलोलगायतका सुन तस्करीमा यस्तै गिरोह संलग्न रहेको र त्यसमा विभिन्न भुक्तानी प्रणालीबाट कारोबार गरेको देखिएको अनुसन्धानमा देखिएको जनाएको हो । सीआईबीका अनुसार यस्तो संगठित अपराधको सञ्जालले क्रिप्टोकरेन्सी र एलिने, एएनटीपे, ग्लोबपे, वीनपेलगायतका डिजिटल वालेटबाट भुक्तानी भएको देखिएको छ ।

सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको पनि सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो लगाएर किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको अनुसन्धानमा देखिएको सीआइबीले जनाएको छ ।

बिज्ञापन

सुनको भुक्तानी र विदेशी मुद्राको अवैध कारोबारमा समेत यो सञ्जाल सक्रिय रहेको भन्दै यस विषयमा नेपाल राष्ट्र बैंकसमेतको सहयोगमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । पछिल्लो सुन तस्करीमा ३२ जना पक्राउ परेका छन् भने १८ जना फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक रहेको सीआइबीले जनाएको छ ।

सुनको कारोबारको मुख्य डिल हङकङमा हुने गरेको र त्यहाँबाट नेपाल हुँदै बाहिर जाने गरेको पनि सीआईबीको अनुसन्धानमा देखिएको छ । सुन बेच्ने मान्छे हङकङबाटै टुंगो लगाएर किन्ने मान्छेसम्म कोडको माध्यमबाट जाने गरेको अनुसन्धानमा देखिएको सीआइबीले जनाएको छ ।

सुन पगालेर बिस्कुट आकारमा तयार गरी बेच्ने गरिएको र सुन गाल्नका लागि काठमाडौंको टोखा र लाजिम्पाटमा कारखाना नै खोलिएको सीआईबीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते