होमपेज > नेप्से परिसूचक ६.४५ अंकले घट्यो, कतिको भयो कारोबार?

नेप्से परिसूचक ६.४५ अंकले घट्यो, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ ।

बिज्ञापन

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ ।

बिज्ञापन

विभिन्न कम्पनीका २४ लाख ८० हजार नौ सय २९ कित्ता शेयर ७९ करोड ६८ लाख ७० हजार चार सय आठ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ५८ लाख ९७ हजार सात सय ९३ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा साल्ट ट्रेडिङ कर्पोरेसन रु दुई करोड ९५ लाख ८५ हजार चार सय ६५, आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ८२ लाख ४१ हजार सात सय ५४, घोराही सिमेन्ट रु दुई करोड ८० लाख ४५ हजार पाँच सय ७० र एभरेष्ट बैंक रु दुई करोड ३६ लाख २९ हजार तीन सय २१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

बिज्ञापन

नेरुडे लघुवित्त नौ दशमलव ८५, इन्ग्वा हाइड्रोपावर सात दशमलव ३२, साञ्जेन जलविद्युत् कम्पनी छ दशमलव ४८ र अप्पर सोलु हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ३९ प्रतिशतले कमाएका छन् । त्यस्तै, आरबिबी म्युचुअल फन्ड १०, लिबर्टी इनर्जी नौ दशमलव ९८, आशा लघुवित्त सात दशमलव ६१, आत्मनिर्भर लघुवित्त सात दशमलव १९ र बाराही हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते