होमपेज > मनोजको दुई दशकको बैकिङ यात्रा: “राष्ट्र बैंकको सिएदेखि नबिल बैंकको डिसिइओसम्म”

मनोजको दुई दशकको बैकिङ यात्रा: “राष्ट्र बैंकको सिएदेखि नबिल बैंकको डिसिइओसम्म”

बिज्ञापन
बिज्ञापन

भन्छन असफलता नै सफलताको जननी छ । इतिहासका अधिकांश महापुरुष, वैज्ञानिक, उद्यमी वा बैंकर्स जस्का जीवनका पानाहरु पल्टाउने हो भने उनीहरुले सफलताको उचाई चुम्नुअघि धेरैपटक असफलता भोगेका छन् । जो असफलताबाट निराश नभइकन प्रयास गरिरहन्छन्,उनीहरुले नै हो सफलता पाउने । असफलताको भयले प्रयास गर्न पनि छोडियो भने जीवनमा कहिल्यै सफलता मिल्दैन । हेरौं त रजनीकान्तलाई जो खलासीबाट उठेर सुपरस्टार बन्न सफल भए । अहिलेका एप्पल कम्पनीका मालिक स्टिभ जब्स शून्यबाटै उठेर त्यहाँसम्म पुगेका हुन । कुनै समय कवाडीको काम गर्ने व्यक्ति आज व्राण्डेड कम्पनीका मालिक बन्न सफल भएका छन् । जीवनमा एक पछि अर्को असफलता झेलेका थोमस एडिसनले ९९ पटक एउटै कुरामा असफलता झेलेर पनि हार खाएनन् र त अब्बल वैज्ञानिक बनेका हुन । चाहे चार्ली च्याप्लिन हुन वा हरिवंश आचार्य, धनाढ्य अम्बानी हुन वा कुँजो स्टिफन हकिङ यी सबै असफलता झेलेरै सफल भएका हुन् ।

बिज्ञापन

विदेशी कलाकार,वैज्ञानिक,धनाढ्यमात्र होइन । नेपाली बैंकिङ क्षेत्रका एक ‘किङ’ मनोज ज्ञवालीले पनि यस्तै असफलता झेलेरै सफलताको यो उचाई हात पारेका हुन । कुनै समय सीए अर्थात् चार्टर्ड एकाउन्टेन्ट पढ्दा पटक पटक असफलता झेलेका हुन । त्यही असफलतालाई हतियार बनाएर आज उनी यो स्थानमा छन् ।

बिज्ञापन

सिए अध्ययनको सिलसिलामा पहिलो पटक अनुत्र्तीण भएका थिए ज्ञवाली । उनकै शब्दमा कुनै पनि विषयमा ४० अंकभार आएन । कहिलेकाँही ओभर कन्फिडेन्सले पनि डुबाउँछ भन्छन् । त्यस्तै भयो दोस्रो पटक परीक्षा ।उनमा यति धेरै आत्मविश्वास थियो कि जहाँ र जताबाट प्रश्न सोधे पनि उत्तर दिनसक्छु भन्ने लाग्दथ्यो तर, दोश्रो पटक पनि अनुत्र्तीण भए । त्यसपछि मेहनेतलाई दोब्बर पारे र सिएको मात्र होइन जीवनका कुनै पनि परीक्षामा असफलतासँग साक्षात्कार गर्नुपरेको छैन,उनले । अहिले उनी नेपाली बैंकिङ क्षेत्रको एक अग्रिणी नबिल बैंकको डेपुटी चिफ एक्जुकेटिभ अफिसर (डिसिओ) को रुपमा कार्यरत छन् । सामाजिक सञ्जालहरुमा ज्ञवालीका मोटिभेसनल स्पिचहरु धेरै सुन्न पाइन्छ । कलेजदेखि कर्पोरेट कम्पनीहरुसम्मले ज्ञवालीलाई ‘मोटिभेसनल स्पिच’का लागि निमन्त्रणा गर्छन् ।

जीवनको सफलता, असफलता, उदेश्य, अभाव, आँट के हुन् रु दैलेखको मध्यम बर्गाीय परिवारमा जन्मिएका उनै मनोजको यो सफलताको जग कसरी बस्यो रु उनको सफलतालाई पच्छाउँदै हामी उनको कार्यालय पुग्यौं र खोतल्ने प्रयास ग¥र्यों ।

बिज्ञापन

पृष्ठभूमि
मनोजका पिता जो डाक्टर जनार्दन उपनामले गाउँभर परिचित,अयोध्याबाट आयुर्वेदमा बैद्य पढेर गाउँकै सेवामा तल्लीन । तिनताक दैलेखमा अस्पताल थिएनन् । गाउँमा केही बिरामी हुँदा उनकै पिताकोमा पुग्दथें,उपचारका लागि । ०३४ साल बैशाख १४ गते जनार्दन ज्ञवाली र माता पुष्पाको कोखबाट जन्मिए,जेठा पुत्रको रुपमा । मनोजपछि ५ भाइबहिनी छन् । जेठी बहिनी अनिता दाजुको पदचाप पच्छ्याउँदै बैकिङ सेक्टरमै करिअर बनाउँदै छिन् । माइली शोभा विजया उच्च मावी दुल्लु दैलेखमा कार्यरत छिन्,वसन्ता पनि शिक्षक हुन् । कान्छी बैनी स्टाफ नर्सका रुपमा सुर्खेत अस्पतालमा सेवारत । सानैदेखि तीक्ष्ण बुद्धिका मनोजले कक्षा एकमा पाइला नराखी दुई कक्षामा भर्ना भए र ७ कक्षासम्म हिमालयन माध्यमिक विद्यालयमा पढे । सात कक्षा पछि दुल्लुको विजया माध्यमिक विद्यालय भर्ना भए । नयाँ स्कुल पुग्न झन्डै ३ घण्टा लाग्थ्यो । कक्षा आठदेखि एसएलसीसम्म त्यही पढे । स्कूले जीवनमा पहिलो र दोस्रो बाहेक कहिल्यै तेस्रो हुन परेन । तिनताक अतिरिक्त गणीत लिएर पढ्नु म्याथ पढ्नुलाई महाभारत ठानिन्थ्यो । १६७ विद्यार्थीमध्ये मनोज र उनका साथी नरबहादुर खड्काले मात्र अप्सनल म्याथ लिए । उनी कक्षामा पहिलो विद्यार्थी थिए । अर्को साथी दोस्रो । स्कुलमा अप्सनल म्याथ पढ्यो भने साइन्स पढ्न सजिलो हुन्छ भन्ने मान्यता थियो । ०४९ सालमा फलामे ढोका मानिने एसएलसीका १ सय ६७ परीक्षार्थीमध्ये १२ जनामात्र उत्तिर्ण भए । ६ जना सेकेन्ड र ६ जना थर्ड डिभिजनमा । मनोजले सेकेन्ड डिभिजनमा पास गरे ।

भनिन्छ जीवन नियमले कम र संयोगले धेरै चल्दछ । उनीसंगै अध्ययन गरेका तीन सहपाठीहरु प्रशासन क्षेत्रको बागडोर सम्हालिरहेका छन् । जसमध्ये एक गोविन्द रिजाल,अहिले गृहको कर्मचारी प्रशासन फाँटमा छन् । उनी काविल प्रशासकका रुपमा चिनिन्छ । काठमाण्डौं, सल्यान, कैलाली, रौतहट, दाङ, मकवानपुर लगायतका जिल्लाको कमाण्ड गरिसकेका छन् रिजालले । यस्तै अर्का प्रशासक छन्,खगेन्द्रप्रसाद रिजाल जो अहिले सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै सहपाठी नवराज जैसीले झण्डै दुई बर्ष रसुवा जिल्लाको प्रशासन हाँकेर अहिले गृह मन्त्रालयमै कार्यरत छन् ।

अनि मोडियो बाटो
हरेक पिताको सपना हुन्छ,छोरा आफूभन्दा पनि अब्बल होस । आर्युवेद वैद्य जनार्दन पुत्र मनोजलाई आफूभन्दा पनि अब्बल डाक्टर बनाउन चाहन्थें । एसएलसी पार लगाएपछि मनोज उच्च शिक्षा अध्ययनका लागि झरे राजधानी । विज्ञान बिषय लिएर पढ्ने लक्ष्य बोकेरे भित्रिएका थिए उनी राजधानी खाल्डो । मैतिदेवीमा एउटा साघुँरो कोठामा तीन जना साथीहरु मिलेर बस्न थाले । र भर्ना भए त्रिचन्द्र कलेज । अहिलेजस्तो कहाँ थियो र समय ? अलि अबेर रातीसम्म बत्ती बालेर पढ्दा घरपेटीले घरै थर्कने गरी कराउँथे । मनोजका फुपुका छोरा काठमाडौंमै बसेर पढ्दै थिए । उनले साइन्स नपढ्न सुझाव दिए ।

मनोज सम्झन्छन्,‘म ७१ प्रतिशत अंक ल्याएर जिल्ला टप हुँदा त डाक्टर बन्न सकिँन । तिमी त कक्षा फस्टमात्र । साइन्सभन्दा म्यानेजमेन्ट पढन उचित हुने सुझाव दिए भान्दाईले ।’ यो विषयमा दाइले बुबासँग पनि सल्लाह गर्नुभयो । त्यसपछि उनको बाटो मोडियो । त्रिचन्द्र छाडेर पिपुल्स कलेजतिर मोडियो ज्ञवालीको पाइला अर्थात उनी विज्ञान पढ्न छाडेर कमर्स पढ्न थाले । पिपुल्स कलेजबाट आइकम पार लगाए पछि बिकम पढ्न शंकरदेवमा भर्ना भए । त्यहाँ राजनविक्रम थापासँग दोस्ति बढ्यो । राजन अहिले नेपाल राष्ट्र बैंकको जागिरे छन् । उनै थापाले उनलाई सीए पढ्न सुझाए । मनोजले जीवनमै पहिलो पल्ट सुनेको थिए ‘सीए’ शब्द,जस्को अर्थ हुँदो रहेछ चार्टर्ड एकाउन्टेन्ट । बीकमको परीक्षा सकिएपछि उनको पाइला आफ्नै जन्मथलोतिर मोडियो । केही समय घर नजिकैको माध्यमिक विद्यालयमा अध्यापन गरे ।

 

सीए पढ्दा झलेको त्यो असफलता
मनोजमा जसरी पनि चार्टड एकाउन्टेन्ट बन्ने नशा सवार भइसकेको थियो । त्यही नशा पूरा गर्न मामाको साथ लागेर हानिए लखनउ । पुगे इस्टिच्युट आफ चार्टर्ड एकाउन्टेन्टस् अफ इन्डिया (आईसीएआई) । फ्ल्यासव्याकमा फर्किए ज्ञवाली । त्यहाँका प्रिन्सिपलले ज्ञवालीलाई देख्ने वित्तिकै जिज्ञासा राखे, ‘नेपाल से आया हे’ । मनोजले ‘हो’ भन्ने जबाफ दिए । प्रिन्सिपलको दोश्रो प्रश्न थियो ‘सीए गर्नका लागि कति प्रतिशत अंक ल्याएका छौं ?’ उनले प्रमाणपत्र देखाए विकमको । ‘५८ प्रतिशत अंक ल्याएर सीए गर्न सकिँदैन,नेपाल फर्किन’का लागि उनले ज्ञवालीलाई आग्रह गरे । ज्ञवालीले ढिपी सहित तर्क पेश गरे ‘नही सर, मे करुंगा, मे क्लास मे आज तक कभी फेल नही हुवा’ । प्रिन्सिपलको प्रत्युत्तर थियो ‘सीए जो कर्न आता हे न पहिले कभी फेल नही होता हें फेल होन कै लिए सीए कर्न आता हें ।’ जसरी पनि सीए बन्ने धोको थियो । रजिष्ट्रेसन शुल्क २ हजार ५ सय ५० भारु बुझाए । पढ्ने सामाग्री त्यही पैसाबाट आउँथ्यो । पढाइ शुरु भयो ।

पढाईभन्दा बढी समाना गर्नुप¥र्यो मनोजले साथीहरु र्याक । सोध्थें, ‘मनोज तिम्रो कति पर्सेन्टेज आएको रे ।’ साथीहरुको कुराले उनलाई निराश बनाएन बरु मनमनै ईख पाले । सोच्दथें रातभरी पढेर तिमीहरुलाई देखाइदिन्छु । तर परिस्थिती उनले सोचेझैं भएन । परीक्षा दिनु अगावै कनको एउटा कुनामा लागिसकेको थियो,म पक्कै फेल हुन्छु । वनको बाघले भन्दा पनि पहिल्यै मनको बाघले खायो नभन्दै कुनै पनि विषयमा ४० अंक कटाउन सकेनन् र अनुत्र्तीण भए । पहिलो वर्ष, वेस बनाउन सकिएनछ भन्ने लाग्यो । दोस्रो पटक उनमा आत्मविश्वास यति धेरै थियो कि लाग्दथ्यो,जहाँ र जताबाट प्रश्न सोधे पनि गर्न सक्छु । सीए उत्र्तीण हुनका लागि समग्रमा ५ नम्बरले ५० प्रतिशत पुगेन । फेरि फेल भए । अब चाहिँ साच्चिकै लाग्यो सीए बन्न कठिन रहेछ । बुबालाई आफूले सीए उत्र्तीण गर्न नसक्ने सुनाए । पिताले मनोज सीए पढ्न लखनऊ पुगेको गाउँभर हल्ला भएका कारण पढ्न नसक्ने भए त्यतै भाडाँ माझेर बस्न तर गाउँ नफर्कन धम्की दिए । पिताको त्यही प्रेमपूर्ण धम्कीकै कारण आज उनी सीए मनोज ज्ञवाली बन्न सफल भएका छन् । चार वर्षमा सीए सकेर फर्किए राजधानी खाल्डो ।

राष्ट्र बैंकमा बसेन ‘रस’
संयोग,नेपाल फर्कनु र एकै पटक नेपाल बैंक, वाणिज्य बैंक र राष्ट्र बैंकमा आवेदन माग्यो । मामाको सल्लाह थियो जागिर त राष्ट्र बैंकमै खानुपर्दछ भाञ्जा । त्यहाँ ८ जना सीए माग भएको थियो । सन् २००३ मा उनले एक नम्बरमा नाम निकाले । त्यस यता मनोजले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । तलब ३८ हजार ७५ रुपैयाँ । राष्ट्र बैंकको जागिरमा पनि खासै रस बसेन र चार वर्ष पछि नै राजीनामा ठोके र ग्लोबल आईएमईमा जोडिए फाइनान्स चिफको रुपमा । सरकारी जागिर छोडेर निजी बैंक प्रवेश गर्दा धेरैले अनेकन कुरा काटे ।

मनोजले अरुका कुरा सुननेन,सुने त केवल अन्तरमनको आवाज । फाइनान्स हेडका रुपमा ग्लोबमा इन्ट्री गरेका उनले सिएफओ, चिफ अपरेटिङ अफिसर भएर म्यानेजमेन्ट लेभलमै काम गरे । साढे सात बर्ष त्यहाँको सहयात्रालाई टुंग्याएर हाइड्रो पावरतिर लागे । १४८ मेगावाटको कोरियन कम्पनीमा ९ महिना काम गरेपछि त्यो हाइड्रोसँगको यात्रालाई पनि त्यही पूर्णविराम लगाएर फेरि बैंक फर्किए ज्योती विकास बैंक । त्यहाँ डेढ वर्ष काम गरेपछि उनी सीईओमा नियुक्त भए । झण्डै दुई वर्षे सीईओका रुपमा रहँदा ज्योती बैंकलाई एउटा उचाईमा पु¥याएर राजीनामा दिए । नबिल बैंकमा डेपुटी जनेरल म्यानेजरको रुपमा प्रवेश गरेका उनी अहिले जनरल म्यानेजरमा प्रमोसन भए र बैंक छिरेको दुई वर्ष नहुँदै डेपुटी सीइओमा प्रमोसन भएका एउटा अब्बल बैंकको नेतृत्व गरिरहेका छन् ।

हेर्नुहोस् यो भिडियो पनि:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते