होमपेज > काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा

काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा

बिज्ञापन
बिज्ञापन

कोभिड १९ महामारीका कारण आर्थिक वर्ष २०७६/७७ बाट स्थगन गरिएको ‘काउन्टर साइक्लिकल बफर’ को व्यवस्था पुनः कार्यान्वयनमा आएको छ ।नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै काउन्टर साइक्लिकल बफर कार्यान्वयनमा आएको जनाएको हो । बैंकको पुँजीकोषको पर्याप्ततासम्बन्धी व्यवस्थाका लागि राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था ल्याएको हो ।

बिज्ञापन

राष्ट्रिय स्तरका बाहेक विकास बैंक र वाणिज्य बैंकले ‘पुँजी पर्याप्तता ढाँचा, २०१५’ (क्यापिटल एडेक्वेसी फ्रेमवर्क, २०१५) अनुसार काउन्टर साइक्लिकर बफरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ ।

बिज्ञापन

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र कुल कर्जा प्रवाहको अन्तरका आधारमा काउन्टर साइक्लिकल बफरको दर निकाल्ने गरिन्छ । जिडिपी र कर्जाको अन्तरका आधारमा बफरको दर तोकिने क्यापिटल एडेक्वेसी फ्रेमवर्कमा उल्लेख छ । काउन्टर साइक्लिकल बफरले अनियन्त्रित कर्जा प्रवाहलाई नियन्त्रण गर्ने राष्ट्र बैंकले बताउँदै आएको छ । बैंक तथा वित्तीय संस्थामा आइपर्नसक्ने सम्भावित संकटलाई व्यवस्थापन गर्न यस्तो यसको व्यवस्था गरिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।

‘द बासल कमिटी अन बैंकिङ सुपरभिजन’ले सन् २०१० डिसेम्बरमा जारी गरेको ‘बासल–३ : अ ग्लोबल रेगुलेटरी फ्रेमवर्क फर मोर रेजिलियन्ट बैंक्स एन्ड बैंकिङ सिस्टोम’मा वित्तीय संस्थाहरुलाई आर्थिक जोखिमबाट बचाउन र अर्थतन्त्रमा वित्तीय क्षेत्रको वास्तविक प्रतिनिधित्व प्रतिबिम्बित गर्ने उद्देश्यले यो व्यवस्था ल्याएको थियो । राष्ट्र बैंकले पनि बासल–३ सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि विभिन्न समयमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते