होमपेज > मन्त्रीले उद्घाटन गरेको ‘पोखरा फुटवेयर विजनेस सेन्टर’मा महानगरको ताला

मन्त्रीले उद्घाटन गरेको ‘पोखरा फुटवेयर विजनेस सेन्टर’मा महानगरको ताला

बिज्ञापन
बिज्ञापन

‘पोखरा फुटवेयर विजनेस सेन्टर’ मा पोखरा महानगरले ताला लगाईदिएको छ । गत साउन ५ गते गण्डकी प्रदेशका कृषिमन्त्री महेन्द्रध्वज जिसीले उद्घाटन गरेको उक्त विजनेस सेन्टरमा आज (मंगलबार) महानगरले ताला लगाएको हो ।

बिज्ञापन

पोखरामा १० जना युवाहरु मिलेर सुरु गरेको उक्त जुत्ता व्यवसायमा एक करोडभन्दा बढीको लगानी रहेको छ । नेपाल जुत्ता घर नामक कम्पनी खोलेर १० जना व्यवसायीले छुट्टा छुट्टै पसल राखेर कारोबार गर्ने उद्देश्यले उनीहरुको योजना रहेको थियो ।

बिज्ञापन

अनुमतिका लागि जाँदा महानगरले १० जनाले एउटै कम्पनीबाट जुत्ता बेच्न नमिल्ने भन्दै १० वटा छुट्टाछुट्टै फर्म दर्ता गराउनका लागि भन्यो । महानगरको निर्देशन अनुसार उनीहरुले फर्म दर्ताका लागि वडा कार्यालय र महानगरमा निवेदन दिएपनि एक जनाको नाममा मात्रै ‘नेपाली जुत्ता घर’ दर्ता भयो । अन्य नौ जनाको नाममा दर्ता प्रक्रिया महानगरले रोक लगायो । महानगरले दर्ता प्रक्रियामा विभिन्न बहाना गरेर आलटाल गरेको व्यवसायीहरुको गुनासो छ ।

व्यसायीहरुले बताएअनुसार महानगरले आर्थिक वर्षको अन्तिम समय भएकाले साउन १ गतेपछि आउन भनेको थियो । साउन १ गते दर्ताका लागि महानगर पुगेका उनीहरुलाई ७ गतेको म्याद दिएर बोलाइएको थियो । अन्ततः महानगरले ७ गते पनि कम्पनी दर्ताका लागि विभिन्न बहाना गरेको व्यवसायीहरुको गुनासो छ ।

बिज्ञापन

पटक–पटक महानगरमा दर्ताका लागि जाँदा विभिन्न बहाना गरेर दुःख पाएका व्यवसायीहरुको व्यवसायमा आज भने महानगर प्रमुख धनराज आचार्यको मौखिक आदेशमा नगर प्रहरीले ताला लगायो । महानगरले भने ‘पोखरा फुटवेयर विजनेस सेन्टर’ दर्ता नभएको कारण बन्द गराएको बताएको छ । तर, व्यवसायीहरुले करिब १ महिना अघिदेखि दर्ताको प्रयास गरेपनि महानगरले नै आनकानी गरिरहेको व्यवसायी बताउँछन् ।

महानगरले पसल बन्द गराउन कुनै सूचना नदिएको, नगर प्रमुखको मौखिक आदेशको भरमा नगर प्रहरीले ताला लगाएको, व्यसाय दर्ता गर्न र कर तिर्न बारम्बार धाउँदा पनि आफूहरुलाई गलत मनसायले दुःख दिइएको व्यवसायीहरुको गुनासो छ ।

पोखरा फुटवेयर विजनेस सेन्टरले शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वर्ल्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका जुत्ता र चप्पल बिक्रीमा राखेको थियो । अन्य व्यवसायीको स्वार्थमा रहेर नगर प्रमुखले पोखरा फुटवेयर विजनेस सेन्टर बन्द गाराउने आदेश दिएको व्यवासायीहरुको आरोप छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते