होमपेज > कृषि विकास बैंकद्धारा सिधै खातामा पैसा पठाउन सकिने ‘भिजा डाइरेक्ट सेवा’ सञ्चालन

कृषि विकास बैंकद्धारा सिधै खातामा पैसा पठाउन सकिने ‘भिजा डाइरेक्ट सेवा’ सञ्चालन

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंकले बैदेशिक भुक्तानी तथा विशेष गरी विदेशबाट रेमिट्यान्स आप्रवाहलाई सहज बनाउन भिजा डाइरेक्ट सेवा शुरु गरेको छ । यो सेवा कार्यान्वयनमा आएसंगै विश्वभर रहेका भिजा कार्ड होल्डरले आफनो मोवाइल एप मार्फत कृषि विकास बैकको भिसा कार्डमा रहेको १६ वटा नम्वर प्रविष्ट गरेर सो ग्राहकको खातामा सोझै रकम पठाउन सक्ने बैंकले जनाएको छ।

बिज्ञापन

भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ। यो सेवा संचालनमा आए पश्चात विश्वभरबाट विना झण्झट सहज र सुरक्षित तरिकाले बैकमा रेमिट्यान्स भित्र्याउन सहज हुने बैकले विश्वास लिएको छ।

बिज्ञापन

बैंककाअनुसार भिसा इन्टनेशनलको भिसा डाइरेक्ट सेवा विश्वका १७९ देश तथा १६० विदेशी मुद्राबाट रकमान्तर गर्न सकिनेछ । यो सेवा बैकल्पिक रुपमा विदेशमा रहेका आफन्तजनहरुबाट नेपालमा रकम स्थानान्तरणका लागि भरपर्दो सेवा हुने बैकले जनाएको छ।

यो सेवा संचालन पश्चात बैकको रेमिट्यान्सको आप्रवाहको दायरा फराकिलो हुनुका साथै ग्राहकको चाहना अनुसारको भिसा कार्ड वाहकको खातामा रकम पठाउन सकिने व्यवस्था भएको बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताएका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते