होमपेज > मन्टेश्वरी पढ्न गएका बालक भेटिए सेफ्टी ट्याङ्कीभित्र

मन्टेश्वरी पढ्न गएका बालक भेटिए सेफ्टी ट्याङ्कीभित्र

बिज्ञापन
बिज्ञापन

मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए । घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । सो विद्यालय दर्तासमेत नरहेको उनको भनाई छ । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत् छन् । विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए ।

‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकी जस्तो कुरामा हेल्चेक्र्याई छ,’ उनले भने । उक्त विद्यालय विसं २०७० मा मनोज गुरुङले स्थापना गरेका हुन् । उनी नै विद्यालयको सञ्चालक र प्रिन्सिपल छन् । विद्यलयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।

बिज्ञापन

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी र वडाध्यक्ष खनालले बीएन्डसी अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिएका छन् । बालक सेफ्टी ट्याङ्कीमा डुबेको भेटिएपछि विद्यालय बन्द गरिएको छ भने प्रहरीले विद्यालयको सुरक्षा गरिरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते