होमपेज > ‘इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी’

‘इन्टरनेटबाट हुने कामकाज सुरक्षित राख्न जरुरी’

बिज्ञापन
बिज्ञापन

बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले सरकार ‘पेपरलेस सिस्टम’ कार्यान्वयनमा अघि बढेको भन्दै इन्टरनेटबाट हुने कामकाजलाई सुरक्षित गर्न जरुरी रहेको बताएका छन् ।

बिज्ञापन

हेटौँडामा नेपाल दूरसञ्चार प्राधिकरणको आयोजना तथा हिमालयन ग्रिन कर्पोरेशन प्रालिको समन्वयमा प्रदेशसभा सदस्यका लागि इन्टरनेट र सामाजिक सञ्जालको सुरक्षित प्रयोग विषयक तालिममा सभामुख पाठकले कुनै पनि समयमा ह्याकरले सरकारका वेवसाइट र डाटा सेन्टर ह्याक गर्न सक्नेमा सचेत गराए । उनले सरकारले साइबर सुरक्षासम्बन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्न जरुरी रहेको उनको भनाइ छ । पछिल्लो समय साइबर अपराधका घटनामा बढिरहेको भन्दै उनले साइबार अपराध न्यूनीकरणका लागि काम गर्नुपर्ने बताए ।

बिज्ञापन

क्यान महासङ्घ नेपालका महासचिव एवम् साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले तालिमको सहजीकरण गरेका थिए । तालिममा बागमती प्रदेशका ८० सांसदहरुको उपस्थिति छ । नेपाल बन्छ जब नेपालमा नै बनाइन्छ, सफ्टवेयरबाट समृद्धि नारालाई आत्मसात गर्दै नेपाललाई समृद्धिको बाटोमा अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो । साइबर सुरक्षाको चुनौतीलाई न्यूनीकरणका लागि हरेक स्थानीय हतमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने अधिकारीको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशन विजयकुमार रायको ७७ वटै जिल्लाका स्थानीय तहमा फोरजी र ब्रोडब्याड इन्टरनेट सेवाको विस्तार भएको बताए । सेवाको विस्तारसहित चुनौती पनि बढेको उनको भनाइ छ । उनका अनुसार हाल करिब ९५ प्रतिशत जनसङ्ख्यामा मोबाइल ब्रोडब्याण्ड सेवा पुगेको छ । साइबर सुरक्षाका विषयमा नीति निर्माणसँगै चुनौती न्यूनीकरणका लागि आम नागरिकलाई अभिमुखीकरण गर्दै अघि बढ्नुपर्ने रायले धारणा राखे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते