होमपेज > माछापुछ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

माछापुछ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

बिज्ञापन
बिज्ञापन

कास्की जिल्लाको माछापुछ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ ।पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पशुपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ ।

बिज्ञापन

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट कार्यक्रममा गाउँपालिकाको उपयुक्त स्थानमा दुग्ध प्रशोधन केन्द्र स्थापना तथा दाना चोक्कर उत्पादन केन्द्र स्थापनाको लागि रु ९० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पालिकामा व्यावसायिक पशुपालन राम्रो हुँदै गएपछि दाना चोक्कर उत्पादन केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको बताए ।

बिज्ञापन

उनले भने, “हाम्रो पालिका दूध उत्पादनमा देशमै नमूना रहेको छ । दूध बिक्रीबाट कृषकले राम्रो आयआर्जन गरेका छन् । दुग्ध प्रशोधन केन्द्र र दाना उत्पादनका लागि बजेटमै व्यवस्था गरेका छौँ ।” गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि कूल रु ६१ करोड ६८ लाख ७० हजार बराबरको बजेट ल्याएको छ ।

बजेटका स्रोतमा सङ्घीय सरकार वित्तिय समानीकरण अनुदान रु नौ करोड ४७ लाख, सङ्घीय सरकार सर्शत अनुदान रु २६ करोड ५२ लाख, सङ्घ समपूरक अनुदानतर्फ रु एक करोड ६५ लाख, सङ्घ विशेष अनुदान रु एक करोड ३० लाख, सङ्घीय सरकार राजस्व बाँडफाँट रु १० करोड ३८ लाख ५७ हजार अनुमान गरिएको उपाध्यक्ष अधिकारीले बताए ।

बिज्ञापन

यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण अनुदान रु एक करोड २० लाख, प्रदेश सरकार राजश्व बाँडफाँट रु ७४ लाख, ४३ हजार, प्रदेश सरकार विशेष अनुदान रु ३० लाख र प्रदेश सरकार समपूरक अनुदान रु ७० लाख अनुमान गरिएको छ ।

गाउँपालिकाको आन्तरिक राजस्व अनुमान रु छ करोड २८ लाख, चालु वर्षको बैंक मौज्दात रकम रु तीन करोड, घर जग्गा रजिष्ट्रेशन शुल्क रु ८० लाख, जनसहभागिता रु १० लाख अनुमान रहेको छ । बजेटमा पूर्वाधार विकासमा रु १० करोड ६४ लाख, सामाजिक विकासतर्फ रु चार करोड २१ लाख, आर्थिक विकासमा रु दुई करोड ४६ लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ६१ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासनमा रु दुई करोड ४५ लाख र कार्यालय सञ्चालन तथा व्यवस्थापन मा रु १० करोड एक लाख छुट्टाइएको छ ।

माछापुछ्रेले ‘उत्पादनशिल रोजगारी, मर्यादित जीवन, समावेशी र सुशासनयुक्त गाउँपालिका’ को लक्ष्य अघि सारेको छ । उत्पादन, रोजगारी र आयआर्जनका अबसर प्रवर्द्धन बजेटको मुख्य उद्देश्य छन् । माछापुछ्रेलाई सांस्कृतिक तथा पर्यटकिय गन्तव्यको रुपमा विकास, गुणस्तरिय स्वास्थ्य, शिक्षा र सभ्य समाजको आधार तयार, बसोबास, भौतिक सुविधा तथा अन्तर आबद्धता सहज, व्यवस्थित र उत्थानशील बनाउनु बजेटका उद्देश्य छन् ।

यसैगरी वन, जलाधार एवं जैविक विविधताको संरक्षण, गुणस्तर तथा दिगो प्रयोगमा अभिवृद्धि गर्नु र विकास पूर्वाधारलाई विपद् प्रतिरोधी तथा सामाजिक एवं संस्थागत जीवनलाई उत्थानशिल बनाउनु बजेटका मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

आगामी वर्ष भूमि बैंक स्थापना तथा सञ्चालन, कृषि सहकारीलाई अनिवार्य बाँझो जमिनमा खेती गर्न लगाउने, पाइलोटिङ प्रोजेक्टअन्तर्गत सामान दुवानी मोनोरेल सञ्चालन, औद्योगिक ग्राम स्थापना तथा सञ्चालनलगायतका कार्यक्रमका लागि बजेट विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते